Siraha Times
ताजा समाचार

पुर्व प्रमुख अहिराज द्वारा लहानका मदरसाका सयौं विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • भदौ २, २०७९
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ भदौ - मधेस प्रदेशका पुर्व प्रमुख द्वारा लहान नगरपालिका ५ स्थित करिब ४५ बर्ष देखि संचालनमा रहेको दारुद ओलम हनफिया अशर्फियाका सयौं विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छन्। मदरसाका प्रीन्सिपलका अध्यक्षतामा सुरु भएको कार्यक्रममा धर्म गुरु तथा मदरसाका प्रमुख अबदुल अताबुल रहमान बरकाती अङ्ग्रेजी शिक्षक रुप नारायण साह शिक्षक मो. इनफान शिक्षक नुर मोहम्द,समाजसेवी मोहम्मद रियासद अली( मुनाजी ) मोहम्मद इशराईल सिद्धीकी पत्रकार फिरोज सिद्धीकी,फिरोज शेख महेश सिंह लगायतका पत्रकारहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो। धर्म गुरुहरुलाई आग्रह गर्दै विद्यार्थीहरुलाई उर्दु मात्र हैन नेपाली विषय र नेपालका इतिहासका विषयमा पठाउनु पनि जरुरी रहेको बताए।किन भने उनीहरु नेपाली बासी हो नेपाल सरकार संगै हकअधिकार माग्ने शिर उचा गरेर भन्छन् की म नेपाली हु। उक्त मदरसा समुदायको आर्थिक सहयोगद्वारा संचालनमा रहेका छन्।करिब २ सय बिद्यार्थीहरु नि:शुल्क रूपमा अध्ययन रत रहेका छन्।स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग न भएको मदरसा प्रमुख बरकातीले बताए।नेपालका सिरहा सप्तरी धनुषा,मोहोतरी,उदयपुर लगायतका विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१