Siraha Times
ताजा समाचार

धनुषाको शहिदनगर नगरपालिकामा एकदिने आँखा शिविर सम्पन्न

  • पुस २, २०७५
  • ८५४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

धनुषा पुस २ । धनुषाको शहिदनगर नगरपालिकामा एकदिने आँखा शिविर सम्पन्न भएको छ।सोमबार शहिदनगर नगरपालिका वार्ड नम्बर ८ को डुमरिया चौकमा भएको शिविरमा जम्मा ९१ जना मोतियाविन्दुका विरामीहरु भेटिएका छन । सोमबार शहिदनगर नगरपालिकाकै ठाँउ ठाउँमा भएको निशुल्क आँखा शिविरमा नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पताल जनकपुरको आयोजना, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ तथा फ्रेडहोलोज फाउन्डेसनको सहयोगमा भएको एकदिने निशुल्क आँखा जाँच शिविर शहिदनगर नगरपालिकाको वार्ड नम्बर ८ मा स्थानीय सहयोगी संस्था ॐ शक्ति सामुदायिक अध्ययन अनुसन्धान केन्द्र बिसरभोरामा भएको थियोे।शिविरमा जम्मा २ सय २५ जनाको आँखा जाँच गरिएको थियोे।जसमध्ये ९१ जनामा मोतीबिन्दु पाइएको स्थानीय सहयोगी संस्था ॐ शक्ति सामुदायिक अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष बिनोद रोहिताले जानकारी दिएका छन ।

शिविरमा जानकी आँखा अस्पताल जनकपुरबाट आएका चिकित्सकहरु बिनोद कुमार यादव, संजय कुमार मण्डल र निरज कुमार सिंहले आँखाका विरामीहरुको उपचार गरेका थिए । उक्त शिविर ॐ शक्ति सामुदायिक अध्ययन अनुसन्धान केन्द्र रोहिताको अध्यक्षता तथा शहिदनगर नगरपालिका वडा नं.८ का वडाध्यक्ष तनुकलाल कुसियैतको प्रमुख आतिथ्यमा सम्पन्न भएको आँखा शिविर उद्घाट्न कार्यक्रममा जोगिन्द्र दास, महाबिर यादव, अनिता यादव, जीवन रोहिता, भोला तेथवारलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो। मोतीबिन्दु पाइएका बिरामीहरुलाइ यही पुस ९ र १० गते आँखा उपचार केन्द्र यदुकुहामा शल्यक्रिया गरिने रोहिताले जनाए । मोतीबिन्दु भएका विरामीहरुको शल्यक्रियामा लाग्ने खर्च १ हजार ५० रुपैयाँ शहीदनगर नगरपालिकाले व्यहोर्ने शहीदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरीयाले जनाएका छन् ।आँखाका विरामिहरुलाई यी सुविधा नगरमै दिदा सर्वसाधारणहरु खुसी भएका छन।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१