ताजा समाचार

विकासमा छलाङ मार्दै अमित ठकुरी

  • भदौ १, २०७९
  • ६९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १ । राजनीतिक वृत्तमा सिरहाको दुर्गम बस्तीबाट कलिलो उमेरमा उदाएका हस्ती हुन् अमित ठकुरी । कम्निस्टहरुको लाल किल्लाबाट नेपाली कांग्रेस पार्टिको नेतृत्व गर्दै उदाएका कलिला अनुहार हुन् अमित ठकुरी । स्थानिय विकासप्रति निर्वाचित हुनु अघि पछि बढी चिन्तित बनेका अमित ठकुरीले धनगढीमाई १४ को वडा अध्यक्ष पद सम्हालेका उनलाई यतिबेला भ्याई न भ्याई भइरहेको छ । सडक देखि सदनसम्म पहुंच बनाएका उनले स्थानिय आवश्यकताहरु बुझ्नको लागि टोल बस्तीमा आफ्नो पाइला निरन्तर बढाइरहेका छन् । स्थानिय जनताको मुख्य सडकको रूपमा रहेको खुट्टी खोला र बिहीवारे सडकलाई वर्षाको पानीले क्षति पुराएपछि उनी टन्टलापुर घाममा आफै उभिएर सडक मर्मतको काम गराउनु भएको छ ।

भौगोलिक हिसाबले विकट मानिएको वडा न १४ का बस्तीहरूमा तत्कालै पुग्न बाटो घाटोको ठूलो समस्या रहेको अवस्थामा सबै टोल बस्तीबाट सकारात्मक विचारहरु आफूलाई बिकास गर्नको लागि प्राप्त भइरहेको अवस्थामा विकास गर्ने गराउने जिम्मा जनताले आफूलाई सुम्पेको हुनाले विकासको गतिमा आफू अगाडि बढिरहेकाले आफूलाई सबैको सहयोगको आवश्यकता रहेकाे धारणा राख्दै छिट्टै यहाँका विकाशले गति लिनेमा आफू बिश्वस्त रहेको वताउनु भएको छ । समाजका सामान्य समस्या देखि ठूला समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन तत्पर रहेका अनितले वृदवृद्धाहरुलाई घर दैलोमा पुगेर उज्यालो अनुहारका साथ भत्ता लगायतका सेवाहरू दिँदै आफ्ना पाइलाहरू अघि बढाइरहेका छन् । स्थानिय स्तरमा जनताको सुख दुःखका सहयात्री बन्दै सामाजिक सेवा गरिरहेका अमित ठकुरी बिहीवारे पुलको बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको स्थानियलाई उदृत गर्दै हाम्रा संवाददाता हेम प्रसाद पासवानले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤