ताजा समाचार

धनगढीमाईकी उपमेयर संगिता चौधरी बधाई थाप्दै हेरिटेज गार्डेनमा

  • भदौ १, २०७९
  • १०६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १ सिराहा । नेपाली राजनीतिक इतिहासमा परिवर्तनको खाँचो खड्किएको अवस्थामा परिवर्तनका संवाहक तथा सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता चौधरी नेपाली कांग्रेस पार्टिको कार्यक्रममा सहभागी हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस पार्टिका सभापति शेर बहादुर देउवाको प्रमुख आथित्यमा श्रावण ३० र ३१ गते ललितपुर जिल्लाको हेरिटेज गार्डेनमा आयोजित अभिमुखि कार्यक्रममा सहभागी हुनुभएको हो । ललितपुर स्थित हेरिटेज गार्डेन सानेपा हाईटमा सञ्चालित दुई दिने बधाई शुभकामना तथा अभिमुखिकरण कार्यक्रम स्थानिय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला सम्वन्य समिति प्रमूख / उपप्रमुख ,पालिका प्रमूख/ उपप्रमुख लगायतलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली कांग्रेस स्थानीय निकाय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको लागि आयोजित बधाई तथा अभिमुखिरण कार्यक्रममा सहभागी हुँदै उपमेयर संगिता चौधरीले नेपाली राजनीतिक इतिहासमा परिवर्तनको खाँचो खड्किएको अवस्थामा महिलाले गरेको योगदानको उच्च कदर हुनुपर्ने बताउँनु भएको छ । नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउतको तीज बिशेष कार्यक्रममा राष्ट्रिय सभा गृहमा सहभागी हुनुभएकी उपमेयर संगिता चौधरीले तीज नेपाली हिन्दू संस्कृतिमा आधारित महिलाहरुको महान पर्व हरितालिका तीज भएकोले यसलाई सकारात्मक रूपमा लिएर महिलाहरुले मनाउनुपर्ने धारणा राख्दै आउने निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सरकार बन्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । देशमा कांग्रेसको सरकार बनेको अवस्थामा सामाजिक विकाश अत्यन्त सान्दर्भिक रूपमा अगाडि बढ्ने धारणा अघि बढाएकी चौधरीले राष्ट्रपतीले नागरिकता विधेयक फिर्ता पठाएर जनतासँग ठूलो धोखा गरेको आरोप लागाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤