ताजा समाचार

समाजको आदर्श बन्दै वडा अध्यक्ष

  • साउन ३०, २०७९
  • १११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ३० । सिराहाको लाल किल्ला भनेर परिचित साबिक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४, मा नेपाली कांग्रेस पार्टिको नेतृत्व गर्दै उदाएका कलिला राजनीतिज्ञ हुन् अमित ठकुरी । बर्षौदेखि लाल किल्ला भनेर परिचित यस ठाउँमा नेपाली कांग्रेस पार्टिबाट निर्वाचित वडाका अध्यक्ष अमित ठकुरीको नेतृत्व प्रति आम स्थानीय खुशी भएका छन् । स्थानिय वडालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने एक मात्र सडक हातिढुङ्गा जीरोमाईल सडकको बाँझी गाछी क्षेत्र लगाएतको ठाउँमा वर्षाले बाटो बिगार्दा विगतमा सास्ती भोग्दै आएका स्थानियको समस्यालाई नजिकबाट बुझेका अमित ठकुरी ज्यूले आफै खटेर पटक पटक डोजर लगाएर मर्मत गरिरहँदा आवात जावतमा सहजता भएको छ भने उनले आम स्थानियको प्रसासनीक समस्याको समाधानमा अहम भुमिका निर्वाह गरिरहेका छन् । सामाजिक सुरक्षा भत्ता निकासा गर्न असमर्थ वृद्ध वृद्धाहरुलाई घरमै गएर भता प्रदान गर्नुभएको छ । स्थानियको घरदेखि भत्ता लिन जाने बैंक टाढा भएको र कतिपय वृद्ध बुबा आमाहरु घरबाट बाहिर जान नसक्ने अवस्थामा रहेको हुँदा वडा अध्यक्ष अमित ठकुरीज्यूले असक्त सबैलाई घर दैलोमा पुगेर भत्ता वितरण कार्यक्रम सम्पन्न गर्नुभएको छ । सामाजिक काममा निरन्तर लागिरहेका अमित ठकुरी ज्यूको काम गराई शैलीले गर्दा आम स्थानिय खुशी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤