नेपालमा चिनियाँ नोट चलाउने तयारीमा सरकार

  • पुस २, २०७५
  • ९६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

पुष २ । भारतीय मिडियाले नेपालमा भारतीय रुपैयाँ बन्द हुनुमा भारत सरकारको गल्ती प्रमुख कारण रहेको उल्लेख गरेको छ । भारतको १६ वर्ष पुरानो र विभिन्न ७ राज्यबाट प्रकाशित हुने अमर उजाला राष्ट्रिय दैनिकको अनलाईन संस्करणमा एक भारतीय लेखकले आफ्नो निजी लेख मार्फत् यस्तो धारणामा व्यक्त गरेका हुन् । उनले नेपाल र भारतको सम्बन्ध विग्रिँदो अवस्थामा रहेको भन्दै नेपालमा भारु बन्द भएपछि पाकिस्तानमा जस्तै चिनियाँ नोट चलाउन सक्ने आशंका समेत व्यक्त गरे । लेखक राजेश वादलले लेखेको लेखमा नेपालमा १२ वर्ष अघि नेपालले हिन्दू राष्ट्रको वस्त्र खोल्न बाध्य भएको समयमा भारतसँग सहकार्यको हात बढाएको भएपनि सो समयमा भारतले केही पनि नगरेपछि भारतसँग नेपालीहरु केही हदसम्म असन्तुष्ट रहेको बताउँदै पछिल्लो समय भुटानको मुद्रा सटही गर्दा पनि नेपालसँग रहेको पुरानो भारु सटही नगरेको कारण नेपालले भारु प्रतिन्धित गरेको उल्लेख  गरेका छन् ।

दुई वर्ष अघि भारतले गरेको नोटबन्दीको समयमा नेपालमा रहेको भारु साट्नको लागि नेपालले भारतसँग पटकपटक आग्रह गर्दा पनि भारतले साटिदिएको थिएन । नेपालको आग्रहलाई पटक पटक वेवास्ता गर्दै आएको भएपनि भारत सरकारले भुटानसँग रहेको पैसा भने साँटिदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बादलले यस अघि नै सरकारले नोट नचल्ने घोषणा गरेको भएपनि प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको समयमा यो सुल्झिन सक्ने देखेर फेरि सो निर्णय केही समयको लागि फिर्ता लिएको र मोदीले केही पनि वास्ता नगरेपछि भने १० डिसेम्बरमा फेरि भारु चलन्दे निर्णय गरेको हो ।

लेखकले नेपालको केन्द्रीय बैंकमा ८ देखि १० करोड पुरानो भारतीय रुपैयाँ रहेको उल्लेख गरेका छन् । केन्द्रीय बैंक र जनतासँग गरी कूल २० करोड रुपैयाँको हाराहारीमा पैसा रहेको भन्दै त्यति पैसा भारतको एउटा उम्मेदवारले चुनावमा नै खर्च गर्ने रकम रहेको उनको ठहर छ। नेपाल बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई उद्दृत गर्दै उनले लेखेका छन् ‘भुटानको पैसा साँटिने नेपालको किन नसाँटिएको ? नेपाललाई मात्रै यस विषयमा भेदभाव किन ?’

यसरी नेपालमा भारतीय नोट प्रतिबन्ध लगाईँदा नेपालको स्थानीय नागरिकहरुमा भने भारतप्रतिको सद्भाव घट्दै जाने उनको तर्क छ । उनले भनेका छन् अब पाकिस्तानमा जस्तै नेपालमा पनि चिनियाँ मुद्राको प्रचलन वैध र औपचारिक बनाईन्छ । उनले यो सम्भावना नेपालमा बढेर गएको प्रतिक्रिया दिए । अहिले चीनसँग नेपाल नजिक हुन थालेपछि भारत मार्फत् नेपालको कूटनीति हेर्ने अमेरिका समेत नेपाललाई सीधा नजर राख्ने तयारी पुगेको छ । उसले यही रणनीति अनुरुप १७ वर्ष पछि परराष्ट्र मन्त्रीलाई अमेरिका भ्रमणको लागि बोलाएको हो । यही अवस्थामा भारतीय सञ्चारमाध्यमहरुले नेपालले चिनियाँ मुद्रालाई बैधानिकता दिने तयारीमा नेपाल लागेको समाचार प्रकाशित गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१