हाती आतंक पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने लहान नगर मेयर महेश चौधरी

  • साउन २८, २०७९
  • १२०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले हाती आतंकाबाट पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने बताएको छ । शनिवार विहानै उनी घटना स्थलमा पुगेर जानकारी लिएको छ । पीडितहरुलाई जस्तापाता, त्रिपाल र खाद्यन्न सहयोग गर्ने जानकारी दिएको छ । शुक्रबार राती जंगलबाट भागेर आएका दुई वटा हातीले वडा नं. १५ सिसवनी र मोहनपुर गाउँका ७ परिवारको घर भत्काएको थियो । भत्किएको घरहरु माटोले लेपेको र फुसको छानो भएको छ । स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवको घर भत्काएको वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका अनुसार जंगलबाट आएका हातीले अन्नबाली पनि खाएको छ । राती नै स्थानीयहरुले आगो बालेर हातीलाई जसोतसो गाउँबाट भगाएका छन् ।  वर्षातको महिनामा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट मेयर महेश चौधरीले जानकारी पाएलगतै घटनाबारे जानकारी लिनलाई गाउँ वस्ती पुगेका थिए । पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने उनले बताए । फुसको घर भत्केकोलाई जस्तापाता र त्रिपाल दिने मेयर चौधरीले जानकारी दिए । २५ किलो चामललगायत नुन, तेल, दाल पनि राहतमा दिने उनले बताए । लहान पोस्टमा समाचार छ 

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१