आदर्श बन्दै लहानका मेयर चौधरी

  • साउन २७, २०७९
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २७ । सिराहा जिल्लाको लहान नगरपालिकाका प्रमुख महेश चौधरी आदर्श बन्दै गएको छ । सामाजिक विकाशको अग्रता लिँदै गर्दाको अवस्थामा मेयर महेश चौधरी बिदाका दिन सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ । नेपाल सरकारले सरकारी सेवा सुविधा कानुन बमोजिम हप्ताको शुक्रवार सम्म मात्र दिने कानुनी व्यवस्था अनि शनिवार बिदा हुने प्रचलनले आफू बिदाको दिन सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउनु भएको छ । आदर्श बादी चिन्तन अनि बिकास बादी नीतिका साथ अगाडी बढिरहेको मेयर चौधरीले शुक्रवार अर्थात् जनै पूर्णिमाको दिन सामान्य नागरिकले प्रयोग गर्ने सवारी साधनलाई प्रयोगमा ल्याएर आफ्ना काम काज गर्नू भएको छ ।

बिहान सडकमा हिँडेर पुगेका मेयर चौधरीले समान्य नागरीक झै पार्किङ स्टेण्डमा उभिएर अटोको प्रतीक्षा गर्नुभएको थियो । अटोमा मेयर जस्ता व्यक्ति सवार भएपछि अटो चालकले उहालाई एकलै गन्तव्यमा लिएर हिँड्न खोज्दा मेयरले अरु यात्रु भरिन दिनुहोस अनि लैजानु होला भनी अटो चालकलाई प्रतीक्षा गराउनु भएको थियो । अटो सामान्य नागरिकले भरिए पछि सामान्य नागरिक झै यात्रा तय गर्नु भएको थियो । सार्वजनिक बिदाको दिनमा सरकारी सम्पतिको दुरुपयोग नगर्ने बतादैं सुन्दर लाहान कल्पना आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ । मेयर चौधरीको नेतृत्व प्रति आम जनता एकातिर खुसी रहेको छ भने अर्कोतिर उनको समान्य जीवन शैलीबाट पाठ सिक्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१