कृषक पाठशाला स्थानिय स्तरमा सञ्चालित गरिदै, कृषि आकर्षण बढ्दो

  • साउन २६, २०७९
  • १५१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २५ । राष्ट्रिय कृषक समूह महासंघ सिरहाको आयोजनामा लहान प्यासिफिक होटेलमा किसान अधिकारप्रति समर्पित लैंगिक तथा जलवायु मैत्री एकीकृत कृषक पाठशाला एबं उद्धमशिलता कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । होटल प्यासिफिकमा गत साउन २२ देखि शुरू भई २५ गते समापन कार्यक्रमको समापन गरिएको छ । करिव ४ दिन चलेको उक्त कार्यक्रममा सिरहाको भगवानपुर, सखुवानन्कारकट्टी, नवराजपुर , धनगढीमाई न पा , सप्तरीका रुपनि र अगनिसैर कृष्णशवरण गा पा लगाएत करीब ६ वटा स्थानिय तहका प्रमुख , उप प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , कृषि शाखा प्रमुख लगाएत प्राविधिकहरुलाई सहभागी गराइएको थियो ।

 महासंघ केन्द्रिय उपाध्यक्ष अमिरलाल यादव , मधेश प्रदेश प्रमुख मुकती यादव , जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवार,र दिलीप शाह लगायत कृषि र किसानको वकालत गर्ने कृषक अगुवाहरूको अथक प्रयास पछि सिरहा सप्तरीमा कृषक पाठशाला शुरु हुँदैछ गरेको अवस्था रहेको देखिन्छ ।

नेपालमा एकातिर रासायनिक विषादी मापदण्ड विपरित प्रयोग भई ८५% माटो बिरामी भइसकेको छ भने अर्कोतिर जलवायु परिवर्तन भइसकेको अवस्था रहेको पाइन्छ । वातावरणीय प्रभावले जल जमीन जंगल जनावर लगायत मानवमा नकारात्मक असर पर्न थालेको छ । जमीनमा मित्र जीवको नाश र शत्रुजिवको बिगबिगी अत्यधिक बढेको कारण खाद्यान्न संकटलाई रोक्न कृषक पाठशाला अतिउत्तम उपाय भएकोले महासंघले यी ६ वटा पालिकाको केही वडामा कृषक समूह मार्फत यो कार्यक्रम शुरू गर्न लागेको हो। यस कार्यक्रम मार्फत किसानले अर्गानिक खेती सम्बन्धी सबै ज्ञान प्राप्त गर्ने छन् र किसान बाट उद्धमी बन्ने प्रेणा मिल्नेछ । अतिविप्पन गरीब सीमान्तीकृत समुदायलाई समेटेर करार खेती गरी खाद्य संकट टार्ने योजना महासंघको रहेको छ । विगत ५ वर्ष देखि भगवानपुर, सखुवानन्कारकट्टी गा पा र धनगढीमाई न पा हरुमा सञ्चालनमा आएको करार खेतीको लागि जग्गा भाडा पलिकाले व्यहोर्छन् भने बाँकी सबै प्रविधि उपकरण केयर नेपालको सहयोगमा महासंघले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१