Siraha Times
ताजा समाचार

कृषक पाठशाला स्थानिय स्तरमा सञ्चालित गरिदै, कृषि आकर्षण बढ्दो

  • साउन २६, २०७९
  • १७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २५ । राष्ट्रिय कृषक समूह महासंघ सिरहाको आयोजनामा लहान प्यासिफिक होटेलमा किसान अधिकारप्रति समर्पित लैंगिक तथा जलवायु मैत्री एकीकृत कृषक पाठशाला एबं उद्धमशिलता कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । होटल प्यासिफिकमा गत साउन २२ देखि शुरू भई २५ गते समापन कार्यक्रमको समापन गरिएको छ । करिव ४ दिन चलेको उक्त कार्यक्रममा सिरहाको भगवानपुर, सखुवानन्कारकट्टी, नवराजपुर , धनगढीमाई न पा , सप्तरीका रुपनि र अगनिसैर कृष्णशवरण गा पा लगाएत करीब ६ वटा स्थानिय तहका प्रमुख , उप प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , कृषि शाखा प्रमुख लगाएत प्राविधिकहरुलाई सहभागी गराइएको थियो ।

 महासंघ केन्द्रिय उपाध्यक्ष अमिरलाल यादव , मधेश प्रदेश प्रमुख मुकती यादव , जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवार,र दिलीप शाह लगायत कृषि र किसानको वकालत गर्ने कृषक अगुवाहरूको अथक प्रयास पछि सिरहा सप्तरीमा कृषक पाठशाला शुरु हुँदैछ गरेको अवस्था रहेको देखिन्छ ।

नेपालमा एकातिर रासायनिक विषादी मापदण्ड विपरित प्रयोग भई ८५% माटो बिरामी भइसकेको छ भने अर्कोतिर जलवायु परिवर्तन भइसकेको अवस्था रहेको पाइन्छ । वातावरणीय प्रभावले जल जमीन जंगल जनावर लगायत मानवमा नकारात्मक असर पर्न थालेको छ । जमीनमा मित्र जीवको नाश र शत्रुजिवको बिगबिगी अत्यधिक बढेको कारण खाद्यान्न संकटलाई रोक्न कृषक पाठशाला अतिउत्तम उपाय भएकोले महासंघले यी ६ वटा पालिकाको केही वडामा कृषक समूह मार्फत यो कार्यक्रम शुरू गर्न लागेको हो। यस कार्यक्रम मार्फत किसानले अर्गानिक खेती सम्बन्धी सबै ज्ञान प्राप्त गर्ने छन् र किसान बाट उद्धमी बन्ने प्रेणा मिल्नेछ । अतिविप्पन गरीब सीमान्तीकृत समुदायलाई समेटेर करार खेती गरी खाद्य संकट टार्ने योजना महासंघको रहेको छ । विगत ५ वर्ष देखि भगवानपुर, सखुवानन्कारकट्टी गा पा र धनगढीमाई न पा हरुमा सञ्चालनमा आएको करार खेतीको लागि जग्गा भाडा पलिकाले व्यहोर्छन् भने बाँकी सबै प्रविधि उपकरण केयर नेपालको सहयोगमा महासंघले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा रास्व ...

उमेश कुमार साह सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार ...

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१