Siraha Times
ताजा समाचार

मधेश प्रदेशको राजधानी जनकपुरको वातावरण दुर्गन्धित बन्दै निकायको सौदाबाजी कायमै

  • साउन २५, २०७९
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २५ मधेश प्रदेश । नेपालको राजधानीपछिको धार्मिक शहरको रूपमा जनकपुर परिचित रहेको देखिन्छ । धार्मिक सांस्कृतिक र एतिहासिक महत्त्व बोकेको जनकपुर यतिबेला दुर्गन्धित बन्दै गएको अवस्था रहेको देखिन्छ । धनुषा जिल्लाको जनकपुरमा यतिबेला टोल बस्तीमा फोहोरका डङ्गुर जताततै देख्न पाइन्छ । शहरको मुख्य चोक यतिबेला फोहोर जम्मा गर्ने थलो बनेको छ । प्रदेशको राजधानी जनकपुरको चुरोट कारखाना क्षेत्र जहाँ मधेश प्रदेशको प्रशासनिक कार्यालय लगायतका मन्त्रालयहरू राखिएका छन् । मन्त्रालयको अगाडि फोहोर थुप्रिएको सजिलै देख्न सकिन्छ । अर्थ मन्त्रालय र कानुन मन्त्रालय रहेको भवन अगाडिको फोहोरले प्रदेश सरकारको जिम्मेवारी सहजै अनुमान लगाउन सकिन्छ भने यता पिडारी चोकमा चोकको दक्षिण पोखरी छेउमा फोहोर थुप्रिएको दृश्य सजिलै देख्न सकिन्छ s।t

Open photo

खासगरी शहरका मुख्य सडकमा थुपारिएको फोहोरले वातावरण दूषित हुँदा पनि प्रदेशका मन्त्रीहरु बेखवर भइरहेका छन् । प्रदेश प्रमुख साईकल प्रहरणका लाल बाबु राउतको गैर जिम्मेवारीपनको कारण मन्त्रालय रहेको परिसर लगायत मन्त्रालयको चारै तिर फोहोरले गर्दा संभावित रोग बढ्न सक्ने प्रवल सम्भावना रहेको स्थिति रहेको पाइन्छ । बाहिर विकासको कागज तयार पारेर देखाउने मधेश प्रदेशका मन्त्री ज्यूहरुले आफ्नो मन्त्रालय सफा गर्न सकेको छैन भने उनीहरुले कसरी मधेश प्रदेशको विकाश गर्ला ? मन्त्रालय भवनको अगाडी पछाडी फोहोर वातावरण रहिरहदा पनि मन्त्री ज्यूहरु र मन्त्रालयका सचिव ज्यूहरु किन ध्यान केन्द्रित गर्न सकेको छैन s।t

Open photo

मन्त्रालयका भौतिक पूर्वाधार निर्माणका लागि बजेट निकासा भए पनि सो बमोजिमको काम भएको छैन । फोहोरी राजनीतिमा लागेका मधेश प्रदेशको मन्त्री सचिव सबैलाई कानुनी दायरामा ल्याउन जरूरी देखिएको छ । जनकपुरको बस्तावरण दुर्गन्धित भइरहँदा पनि मन्त्रालयको फोहोर कोठाको गर्मी खादै बसेका मन्त्री र सचिव ज्यूको कोठा समेत व्यवस्थापनको अभावमा बिजुली लाइन पटक पटक काटिने समस्या रहेको मन्त्रालयका महामहिम ज्यूहरुले आफ्नो कोठा र कोठा अगाडिको फोहोर व्यवस्थापन गर्न नसकेको अवस्थामा उनीहरूबाट कसरी सिंगो मधेश प्रदेशको समस्याको समाधान होला त । फोहोरका कारण जनकपुरको वातावरण दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाइन्छ तथापी छातीमा हात राखेर फोहोर व्यवस्थापनमा ध्यान केन्द्रित गर्न अाजको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१