सप्तरीको बलानविहुलमा राजपाको सदस्यता वितरण हुँदै : नेता गगन

  • पुस २, २०७५
  • ११५४ पटक पढिएको
  • राम नारायण पण्डित
alt

सप्तरी, ०२ पौष । सप्तरीको सिमावर्ती बलान बिहुल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी राजपा) नेपालले सदस्यता बितरण कार्यलाई तिब्रता दिएका छन् । राजपा नेपालका गाउँपालिका अध्यक्ष अमित कुमार गोईत (गगन) ले सदस्यता बितरण कार्यलाई तिब्रता दिएको जानकारी दिएका छन् । उनले भने “गाउँपालिकामा ४ हजार सदस्यता बितरण गर्ने योजना छ, सोही अनुरुप टोल–टोलमा गएर सदस्यता बितरण र पुराना सदस्यता नविकररण गर्ने काम भईरहेको छ ।” 
 
मधेसी, दलित, महिला, थारु, मुस्लिम, आदिबासी, जनजाती र अपाङ्ग लगायतका समुदायको मागलाई राजपा नेपालले मात्र सम्बोधन गराउन सक्ने भन्दै उनले नव प्रवेशीहरुलाई सदस्यता दिईरहेका छन् । मधेस आन्दोलनमा अहम भूमिका खेलेका अध्यक्ष गाईतले नव प्रवेशीहरुलाई अबिरमाला लगाई पार्टी प्रवेश समेत गराइरहेका छन् । आगामी बैशाखमा हुने महाअधिवेशनको लागि पार्टीको केन्द्रिय निति अनुरुप सदस्यता बितरण गर्ने काम भईहरहेको उनले बताए । 
 
फरक प्रसङ्गमा अध्यक्ष गोईतले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले संबिधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भवना नरहेको बताए । मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलनको खाँचो रहेको भन्दै उनले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । राज्य सत्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको बताउँदै उनले जनताको हातमा राज्य सत्ता नआएकोले क्रान्तिको जरुरी रहेको दाबी गरे । नेता गगनले राष्ट्रको मुल प्रवाह बनेर समाजवाद स्थापना गर्नमा युवाहरुलाई अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । 
 
बर्तमान अबस्थामा मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान नसकिने उल्लेख गर्दै नेता गगनले जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । उनले सिंहदरबारको अधिकार गाउँमा आएको भनिएपनि केन्द्र सरकारको कारणले अझै जनताले संघियताको स्वाद लिन नसकेकाले राजपाले मधेशको अधिकार लिएरै छाड्ने विश्वास व्यक्त गरे । बिकासको हिसाबले जिल्लामै पछाडी रहेका बलान बिहुल गाउँपालिकामा भईरहेको बिकास निर्माणका कामहरुमा राजपाले खबरदारी गर्ने समेत नेता गगनले बताए ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१