ताजा समाचार

हटाइएका करार कर्मचारी १५ दिन देखि धर्नामा

  • साउन २४, २०७९
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेमशिला यादव सिरहा श्रावण २४ - सिरहाको बरियारपट्टी गाउँ पालीकामा हटाइएका करार कर्मचारीहरु द्वारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत रहेका करार कर्मचारीहरु गाउँपालीकाको निर्णय विरुद्ध शान्तिपुर्ण धर्नामा वसेका छन्। बरियारपट्टी गाउँ पालीकाको परिसरमा करार कर्मचारीहरुले पुनः काजमा बहाली गर्न माग राख्दै हकहित संघर्ष समितिले पालिकामा धर्ना दिएका छन्। श्रावण ५ गते देखि लगातार विना कुनै निर्णय करार कर्मचारीहरुलाई काममा नलगाएको र करार म्याद नथपेको भन्दै पुनः काममा फर्काउको लागी दवाव स्वरुप धर्ना कार्यक्रम संचालन गरेको धर्नामा सहभागि कर्मचारी राम प्रकाश मण्डल ले वताउनु भयो । त्यसैगरी अर्को कर्मचारी कृष्ण कुमार यादवका अनुसार हामी लाई विना सुचना हटाएर हामी माथी अन्याय भएको र हामीहरुको वारेमा अहिले सम्मकुनै पनि किसिमको सोध पुछ गर्न पालीका वाट कोही पनि नआएको भन्दै दुःख पोखेका थिए ।

अहिले देशभरीनै करार कर्मचारीहरुलाई हटाएर पुनः भर्ना गर्ने अभियान चलेकै वेला संघिय मंत्रालय ले समेत करार कर्मचारीलाई फर्काउन र सर्वोच्च अदालत ले समेत काममा खटाउन आदेश गरे पनि पालीकाहरु ले आनाकानी गरी गैर जिम्मेवारी देखाएको छ । यस सम्वन्धमा गाउँपालीका अध्यक्ष संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।अन्य कर्मैचारीहरुले हामी लाई यस सम्वन्धमा कुनै जानकारि नभएको वताए ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤