हटाइएका करार कर्मचारी १५ दिन देखि धर्नामा

  • साउन २४, २०७९
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेमशिला यादव सिरहा श्रावण २४ - सिरहाको बरियारपट्टी गाउँ पालीकामा हटाइएका करार कर्मचारीहरु द्वारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत रहेका करार कर्मचारीहरु गाउँपालीकाको निर्णय विरुद्ध शान्तिपुर्ण धर्नामा वसेका छन्। बरियारपट्टी गाउँ पालीकाको परिसरमा करार कर्मचारीहरुले पुनः काजमा बहाली गर्न माग राख्दै हकहित संघर्ष समितिले पालिकामा धर्ना दिएका छन्। श्रावण ५ गते देखि लगातार विना कुनै निर्णय करार कर्मचारीहरुलाई काममा नलगाएको र करार म्याद नथपेको भन्दै पुनः काममा फर्काउको लागी दवाव स्वरुप धर्ना कार्यक्रम संचालन गरेको धर्नामा सहभागि कर्मचारी राम प्रकाश मण्डल ले वताउनु भयो । त्यसैगरी अर्को कर्मचारी कृष्ण कुमार यादवका अनुसार हामी लाई विना सुचना हटाएर हामी माथी अन्याय भएको र हामीहरुको वारेमा अहिले सम्मकुनै पनि किसिमको सोध पुछ गर्न पालीका वाट कोही पनि नआएको भन्दै दुःख पोखेका थिए ।

अहिले देशभरीनै करार कर्मचारीहरुलाई हटाएर पुनः भर्ना गर्ने अभियान चलेकै वेला संघिय मंत्रालय ले समेत करार कर्मचारीलाई फर्काउन र सर्वोच्च अदालत ले समेत काममा खटाउन आदेश गरे पनि पालीकाहरु ले आनाकानी गरी गैर जिम्मेवारी देखाएको छ । यस सम्वन्धमा गाउँपालीका अध्यक्ष संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।अन्य कर्मैचारीहरुले हामी लाई यस सम्वन्धमा कुनै जानकारि नभएको वताए ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१