ताजा समाचार

प्रधानमन्त्री देउवासगँं आसन्न निर्वाचन बारे सांसद शाहले गरे विशेष छलफल

  • साउन २१, २०७९
  • १२१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, साउन २१ नेपाली काँग्रेसका युवा सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री शेर बहादुर देउवासगँ भेटघाट गर्नु भएको छ । प्रधानमन्त्री देउवासगँं कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको सांसद शाहले बताउनु भयो । आगामी निर्वाचनमा कपिलवस्तुबाट काँग्रेस विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको सांसद शाहले बताउनु भयो । उक्त भेटवार्तामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताउनु भयो । कृष्णनगरमा ब्यवस्थित बसपार्क, ढल निकास सडक सन्जालमा केन्द्रिय सरकार तथा प्रधानमन्त्री अग्रसर रहेको मेयर शाहले बताउनु भयो । उक्त भेटघाट कार्यमा नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले पार्टीको बारेमा प्रधानमन्त्रीसगँ छलफल भएको बताउनु भयो । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रधानमन्त्री सकारात्मक रहेको युवा नेता ज्ञवालीले बताउनु भयो

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤