ताजा समाचार

व्यवस्थापनको अभावमा दुर्गन्धित बन्दै सिमरा

  • साउन २१, २०७९
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २१ । मधेश प्रदेशको बारा सिमरामा व्यवस्थापनको अभावमा बजारमा फोहोर थुप्रिए पछि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २को मुख्य बजार डम्पिङ साइट बन्दै गएको छ । बारा जिल्लाको जितपुर सिमरा उप - महानगरपालिका वडा नम्बर २ स्थित रहेको सिमरा बजारबाट उत्सर्जित र संकलित फोहोरको उचित व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा स्थानिय बजारकाे वातावरण दुर्गन्धित बन्न थालेको देखिन्छ स्थानिय बजारको घर तथा होटलबाट निस्केको फोहोरको उचित पहिचान र व्यस्थापन नभएकै कारण बजारमा दुर्गन्धका समस्या भोग्नु परिरहेको स्थानीयले बताएका छन् ्। हाल नगरका टोल बस्तीबाट सङ्कलित फोहरलाई जथाभावी खुलेआम रूपमा बजारका मूख्य चोकहरूमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको अस्वाभाविक सिर्जना भएपनि सार्वजनिक जबाफदेही बोकेका नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि नबढापछि नगरमा फोहोर थुप्रिन पुगेको स्थानियको आरोप छ । बजारको अव्यवस्थित फोहरका कारण वातावरण प्रदूषित हुनुका साथै संभावित रोगको प्रकोप फैलन सक्ने प्रवल सम्भावना रहेकाे स्थानीयहरुको भनाई रहेको छ । फोहर व्यवस्थापन गर्नका लागि सरकारले नगरपालिकालाई फोहोर बोक्ने गाडीसमेत उपलब्ध गराएको भए पनि नगरपालिकाले फोहोर फाल्ने स्थानकाे अभाव देखाउँदै पन्छिँदै आएको छ । स्थानियलाई उद्दृद् गर्दै सिमरा अपडेटले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤