ताजा समाचार

बाैद्धिक व्यक्तित्वको रूपमा हमाल

  • साउन २०, २०७९
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २० । सिराहाको धनगढीमाई वडा नं १२ का स्थायी बासिन्दा तथा मेरी चिल्ड्रेन बोर्डिङ स्कुलका प्रिन्सिपल तथा एन प्याब्सनका केन्द्रिय अध्यक्ष समेत रहेका पाण्डव हमाल शैक्षिक जगतका अग्रणी व्यक्तित्व मानिन्छन् । हमालको उच्च व्यक्तित्व , स्पष्ट वक्ता , मृदुभाषी र लोकप्रियताको कारण सिरहाको बाैद्धिक व्यक्तित्वको रूपमा उहाँलाई चिन्न सकिन्छ । देशका कुनै पनि भागमा शैक्षिक संस्थाहरूमा आईरहने हरेक समस्याहरूको पहिचान गरेर समस्या समाधानको लागि डटेर लड्दै आइरहनु भएको हमालले गत १७ गते साउनमा मधेश प्रदेशको राजधानी शहर जनकपुरको पब्लिक युथ क्याम्पसमा भएको घटनाको छानबिन गर्न माग गर्दै केन्द्रिय समितिको तर्फबाट उहाले दोषीको पहिचान गरेर विजिप्ती मार्फत् माग गर्नु सराहनिय पक्ष मानिन्छ । यसका अतिरिक्त सिरहाका शैक्षिक वातावरण सकारात्मक रूपमा अघि बढाउन उहाले कोरोना पोजेटिभ अर्थात् संक्रमणको कालमा खेलेको भूमिकाको यतिबेला सिराहा बासीले उच्च मूल्याङ्कन गरिरहेको छ । आम विद्यार्थीको भविष्य प्रति चिंतित रहेका हमालले समाजमा सकारात्मक चिन्तन आजको आवश्यकता रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤