ताजा समाचार

दलित वडा अध्यक्ष रामलाई ज्यान मार्ने धम्की

  • साउन २०, २०७९
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी साउन २०। बोदेबरसाइन नगरपालिका - २ का वडा अध्यक्ष रामप्रसाद रामलाई एक समूहले ज्यान मार्ने धम्की दिएका छन् । बेलुकी करिब ६, बजे नेगडा चौकको चिया पसलमा बसिरहेकाबेला चारजना युवाहरुको समूहले पसलमा पसेर एक्कासी गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको अध्यक्षले बताएका छन् । उनले भने, म चिया पसलमा बसिरहेको थिए । उनीहरू एक्कासी आएर हमला गरेको छ । हमला गर्नेहरुमा प्रवीण यादव, सुशील यादव, अमर यादव लगायतका रहेका छन् । हमला गर्नेहरू लागु ओषधी सेवन गर्ने ब्रोकरहरु रहेको समेत बुझिएको छ । गाली गलौज सुरु भएपछि स्थानीयहरुको भिड बढ्न थालेपछि र प्रहरीलाई खबर पुगेपछि उनीहरू भागेका थिए । प्रहरीले एकजनालाई मात्र समातेको छ । तीन जनालाई समात्न आनाकानी गरिरहेको पीडित अध्यक्षले बताएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियानका जिल्ला प्रवक्ता समेत रहेका अध्यक्षलाई केही गलत तत्वहरुले अभद्र व्यवहार गरी ज्यान मार्ने धम्की दिएको विरुद्धमा जिल्ला संयोजक प्रथमलाल रामले घोर भत्सर्ना गर्दै दोषीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेका छन् । दोषीलाई पक्राउ गरी कानुनी कार्वाही नभए हामीले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । हामीले थप कुरा बुझ्न स्थानीय प्रहरीलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤