Siraha Times
ताजा समाचार

स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गरे

  • मंसिर २८, २०७५
  • १२९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मङि्सर २८ । स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ। बिहीवार गठबन्धनका प्रवक्ता अब्दुल खानले सार्वजनिक अपिलमार्फत राउतलाई रिहा गर्न माग गरेका हुन्। उनले राउतमाथि सरकारले लगातार दमन गरेको र गैर न्यायिक हिरासतमा राखेको आरोप लगाउँदै राउतको परिवारलाई विचल्लीमा पारेको जिकिर गरेका छन्।  राउत अहिले संगठित अपराध र राजद्रोहको मुद्दामा अनुसन्धानका लागि रौतहट कारागारमा छन्। उनलाई यातना दिन जेल पठाइएको गठबन्धनको आशंका छन्। 

‘राउतमाथि लगाइएका ११ मुद्दामध्ये ५ राजद्रोहको मुद्दामा विशेष अदालतले नै सफाई दिइसकेको छ। सर्वोच्च अदालतबाट समेत राउतले लेखेका किताब, भाषण, नारा तथा क्रियाकलापहरु कुनै पनि किसिमको राजद्रोह या गैरन्यायिक होइनन् भनी नजिर कायम भइसकेको छ’, प्रवक्ता खानद्वारा जारी अपिलमा भनिएको छ, ‘राउत र उनका परिवारमाथि सरकारले क्रुरतापूर्वक अत्याचार गरि बाँच्न नै मुश्किल बनाईदिएको छ। अपिलमा सरकारबाट भइरहेको मानव अधिकारको हनन र निर्दोष व्यक्तिलाई यातनाविरुद्ध ठोस आवाज उठाइदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१