ताजा समाचार

एक पिस क्यालेन्डर निर्माणमा २ सय २४ रुपैयाँ खर्च

  • साउन १२, २०७९
  • १११५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी ।  सप्तरीको बोदे बरसाइन नगरपालिकाले क्यालेण्डर निर्माणमै अनुचित खर्च गरेको पाइएको छ। नगरपालिकाले २ सय २४ रुपैयाँमा एक पिस क्यालेन्डर निर्माण गरेको महालेखा परिक्षणले देखाएकाे हो। आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले क्यालेन्डर निर्माण बापत जनक अफसेट प्रीन्टर्सलाई ६ सय थान क्यालेन्डर निर्माणमा एक लाख ३४ हजार ९ सय ७८ रुपैयाँ  भुक्तानी गरेकाे छ। नगरपालिकाले लागत अनुमानवेगर नै कोटेसनको आधारमा भुक्तानी दिएकाे हो।यसरी निर्माण गरेको क्यालेन्डरको वितरण भर्पाइ समेत संकलन गरेको छैन । बजारमा सबैभन्दा महँगो खाले क्यालेन्डर निर्माणको ५० देखी ५५ रुपैयाँ रेट भए तापनि बोदे बरसाइन नगरपालिकाले २ सय २४ रुपैयाँ देखाएर अनुचित खर्च गरेको हो। साथै निर्माण तथा वितरणमा कर्मचारीलाई भत्ता समेत १६ हजार भुक्तानी गरेकाे छ। यसरी नियम कानुन बिपरित भत्ता भुक्तानी गरेको परिक्षणले औंल्याएको हो।

क्यालेन्डर निर्माण तथा वितरणमा कर्मचारीलाई  पारिश्रमिक भनेर राम सागर यादव र गौरी शंकर यादवलाई १५ सयका दरले ३ दिनको भुक्तानी गरेको छ। जुडशितल यादवलाई हजारका दरले २ दिनको र रामसेवक यादव,हेमकिशोर यादव,राजदेव यादव तथा रमेश कुमार यादवलाई एक दिनको हजार देखि पन्ध्र सय भत्ता दिएकाे हो। यस सम्बन्धमा बोदे बरसाइन नगर प्रमुख आतेश कुमार सिंहलाई फोन गर्दा लागेन भने प्रशासकीय अधिकृत समेतले फोन उठाएनन् । स्थानीय तहमा अनुचित खर्च भएको यो नयाँ भने होइन । कतै चिया मै अनुचित खर्च गरेको छ ।कतै ७ दिनको तालिम एक दिनमै गरेर हिनामिना गरेको छ। भौतिक पुर्वाधार निर्माणमा अझ बढी हिनामिना हुने गरेको पाइन्छ । कोरोना महामारीको बेला महामारी नियन्त्रण सम्बन्धि सामग्री खरिदमा बोदे बरसाइन नगरपालिकाले समेत अनुचित खर्च गरेकाे थियो । नगरपालिकाले साबुन र सेनिटाइजर खरिदमै अनुचित खर्च गरेको बिल भर्पाइ देखाएको थियो ।

साभार क्विक नेपाल बाट

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤