कार्यकर्ता होइन क्वालिटी दिने खालका युवा शिक्षक नियुक्त हुन्छन् ः गाउँपालिका अध्यक्ष थापा

  • साउन ११, २०७९
  • ६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु साउन १२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाले करारमा नियुक्त गरेका शिक्षकको करार अवधी थप नगर्ने निणर्य गरेको छ । पालिकाले अभाव शिक्षक दरवन्दी पूर्ति गर्न स्वयसेवक शिक्षकको व्यवस्था गरेको थियो । पालिकाले कार्यविधी बनाई ५१ जना शिक्षक नियुक्त गरेको थियो । स्थानीयलाई प्राथमिकता दिँदा अधिकांश शिक्षक अध्यापन अनुमती पत्र नभएका नियुक्त गरेको थियो । पालिकाको शिक्षाको गुणस्तरमा सुधार नभए पछि पालिकाले नया नीति लिएको बताइएको छ । जस अन्तर्गत पालिका भित्रको शैक्षिक दरवन्दी मिलान, प्रधानाध्यापक सँग सुधारका लागि छलफल, दरवन्दी अपुग भएका विद्यालयमा कुशल शिक्षक नियुक्त गर्ने योजना बनाएको छ । सामाजिक सञ्जालमा विजयनगर गाउँपालिकाले कार्यकर्ता नियुक्त गर्न लाग्यो भनेर आरोप लगाएका छन् । तर नगरपालिकाले कार्यकर्ता नभएर कुशल शिक्षक तथा कर्मचारीलाई कार्यविधि निर्माण गरी नियुक्त गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

अव नियुक्त हुने शिक्षकलाई पालिकाले करार सम्झौता गरी शिक्षामा सुधारका लागि सर्त समेत दिइने बताइएको छ । निश्पक्ष तरिकाले युवा र शिक्षण अध्यापन शैली भएका क्वालिटी दिने खालका शिक्षक प्राथमिकतामा पर्ने बताइएको छ । गाउँपालिकामा शिक्षाको अवस्था खस्किँदै गएको भन्दै पालिकाको सार्वजनिक सुनुवाइमा समेत आवाज उठको थियो । सार्वजनिक सुनुवाइमा टेक बहादुर भण्डारी, बालजी प्रसाद चौधरीले शिक्षाको गुणस्तर खस्किएको गुनासो गर्नु भएको थियो । सो कार्यक्रममा अध्यक्ष थापाले शिक्षाको गुणस्तर सुधारका लागि योजना बनाउने बताउनु भएको थियो । पालिकालाई शिक्षक विद्यार्थी अनुपात अनुसार ६५जना थप शिक्षकको आवश्यकता परेको शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले बताउनु भयो । नया विज्ञापन अनुसार शिक्षण अनुमती पत्र समेत अनिवार्य गरिएको छ । पालिकाले प्राथमिक तहको लागि १५ हजार ७ सय निमावि तह १८ हजार र माध्यमिक तहको लागि २२ हजार तलब स्केल समेत निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१