ताजा समाचार

धनुषाको शहिदनगर नगरपालिकाको एक वडाध्यक्षले चोरेर सरकारी सम्पति बेच्न लागेको खुलेको छ

  • साउन ११, २०७९
  • १०३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर- ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सम्पतिहरु वडा नम्बर- ३ का वडाध्यक्ष मनोज दासले बेच्न लागेको खुलासा भएको छ । वडाध्यक्ष दासले प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा रहेको वृक्ष, टेलब, कुर्शी, दराज लगायतका अन्य समानहरु कसैलाई जानकारी नै नदिई बेच्न लागेको खुलेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष दासले अस्पतालमा लगाईएको वृक्षहरु कटान गरी बेच्नको लागि गोप्य निर्णय गरेको खुलेको छ । शहिदनगर नगरपालिका अन्तर्गत पर्ने सो प्राथमिक स्वास्थ्य केन्द्रको सो निर्णय बारे स्थानीय सरकारलाई नै अधिकारिक जानकारी नरहेको खुलेको छ । सम्पतिहरु बेच्न थालेको सन्दर्भमा नगरपालिकालाई कुनै जानकारी नै नरहेको बताइएको छ । नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य समितिको सँयोजक एवम् वडा नं. ८ का वडाध्यक्ष तनुकलाल कुसियैत यादवले अस्पतालको सरकारी सम्पति बेचबिखन गर्ने सम्बन्धी आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

कुराकानीमा सँयोजक यादवले कुनै सम्पति बेचबिखन गर्नुपर्दा नगरपालिकालाई जानकारी गराउनुपर्नेमा कुनै जानकारी नदिनु भनेको चोरेर सम्पति बेच्ने दाउमा रहेको बताए । अस्पतालका निमित्त प्रमुख सुमन कुमार मण्डलले एक गोप्य टेन्डरको गैर–कानुनी सूचना छापेर अस्पतालको सम्पति बेच्न लागेको खुलेको छ । उनले एक कागजमा आफैँले प्रिन्ट गरेको सूचनामा सम्पतिहरु खरिद बिक्रीको लागि उल्लेख गरेको छ । टेन्डर प्रक्रिया गर्दा कुनै राष्ट्रिय पत्रिकामा वा ई–बीडमा प्रकाशन गर्नुपर्ने प्रावधान रहेपनि वडाध्यक्ष दासले नगरपालिकालाई समेत कुनै जानकारी नै नदिई अस्पतालको सम्पतिहरु बेच्न लागेको खुलेको छ । स्थानीय सरकार अन्तर्गत चल्ने प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहाले शहिदनगर नगरपालिकालाई समानहरु बिक्रीको बारेमा कुनै जानकारी नदिएको बुझिएको छ । वडाध्यक्ष दासले आफूखुसी चोरीलुकी समितिको निर्णय पास गरी समानहरु बेच्न लागेको बुझिएको छ । सूचनामा उनले अस्पताल हाताभित्र रहेको सपेताको वृक्ष, कुर्शी, टेबल, दराजसहित अन्य उपकरणहरु समेत बेच्न लागेको खुलाएको छ । ३ लाख रुपैयाँमा सपेताको वृक्ष बेच्न लागेको उल्लेख छ । अस्पताल जस्तो क्षेत्रलाई हराभरा बनाएको सपेताको वृक्षलाई कटान गरी उनी बेच्न लागेको हो । वडाध्यक्ष दासले कसैलाई जानकारी नदिई आफ्नो गोजीमा रकम झ्वाम्म पार्ने गरी समानहरु बेच्न थालिएको टिकाटिप्पणी गरिएको छ ।

साउन १० गते अस्पतालमा उपस्थिति भएर समान खरिद गर्न चाहनेलाई बोलाएको छ । यद्यपी, यसको बारेमा शहिदनगर नगरपालिकालाई नै कुनै जानकारी भने छैनन् । यस सन्दर्भमा शहिदनगरको स्वास्थ्य शाखा, प्रशासनलाई कुनै जानकारी नरहेको बताइएको छ । प्रशासनीक हिसाबले स्थानीय सरकारलाई जानकारी नै नदिई चोरीलुकी सम्पतिहरु बेच्न थालेपछि नगरपालिकाले कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ । यस सन्दर्भमा वडाध्यक्ष दासले समितिले सम्पतिहरु बेच्ने निर्णय गरेको स्वीकार गरे । उनले नगरपालिकालाई चिठ्ठी काटने भनिएको बताउँदै यसबारे आफू बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤