Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा सरोकारवालाहरु द्वारा छात्रवृत्ति कार्यक्रमको अनुगमन

  • साउन ९, २०७९
  • १४०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ९, साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आईतवार सरोकारवालाहरुले संयुक्त अनुगमन गरेका छन् । नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत सोठिआईन र महेश्वारी टोलका दलित समुदायको बस्तीमा स्थलगत रुपमा अनुगमन गरिएको आयोजक संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सिरहा शाखाका अध्यक्ष मोहन पासवानले बताएका छन् । दलित बालिकाको शिक्षामा पहुँच पुर्याउनका लागि सेभ द् चिल्ड्रेनको आर्थिक सहयोगमा संस्थाले गरिब, अतिविपन्न , आर्थिक तथा सामाजिक रुपले पछाडी परेका सिमान्तकृत दलित समुदायमा छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आईरहेको छ । कक्षा १ देखि १० सम्ममा मासिक ५ सय , प्रवीणता प्रमाणपत्र तहका लागि मासिक १२ सय , स्नातक तहमा मासिक २ हजार र स्नातकोत्तर तहमा मासिक २ हाजार ५ सयको दरले संस्थाले दलित छात्राका लागि छात्रवृत्ति दिदै आईरहेको संस्थाका कार्यक्रम संयोजक बरिसलाल मोचिले बताए । उनले भने, `सखुवानन्कारकट्टी गाउँपालिकाको विभिन्न विधालयमा अध्ययनरत ४० जना दलित छात्राले संस्था मार्फत छात्रवृत्ति पाईरहेका छन् । र , उनिहरुको बैंक खाता मार्फत रकम भुक्तानी भैरहेको सुनाए ।,

एकछाक टार्न कठिन भैरहेको भुमिहिन विपन्न परिवारको बिद्यार्थीका छात्राका लागि संचालित छात्रवृत्ति कार्यक्रमले उनिहरुलाई कपि , किताब , लत्ताकपडा लगायत ट्युसन पढनमा मद्दत भैरहेको स्थानीय समाजसेवी तथा बुद्धिजीवी नागेन्द्र कुमार यादवको भनाई रहेको छ । अनुगमन टोलिले छात्रवृत्ति पाईरहेका बिद्यार्थी र अभिभावकहरु संग प्रत्यक्ष रुपमा भेटघाट र छलफल गरेका छन् । छलफलमा छात्रवृत्ति कार्यक्रम दलित समुदायमा अत्यन्त प्रभाकारी रहेकाले कार्यक्रमको निरन्तरता दिनुपर्ने अभिभावकहरु बताउँछन् । संस्थाका अध्यक्ष मोहन पासवान , कोषाध्यक्ष आशा चौधरी (पासवान ), नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव , उपाध्यक्ष रिंकु दास , रेडियो नेपालका सिरहा सम्बादाता संजय विश्वकर्मा , कार्यक्रम संयोजक बरिसलाल मोची, छात्रवृत्ति छनौट समिति सदस्य धनबिर मोची , स्थानीय समाजसेवी , बुद्धिजीवी , अभिभावक , बिद्यार्थी , जनप्रतिनिधि लगायतको रोहबरमा छात्रवृत्तिको अवस्थाबारे समुदायमा स्थलगत रुपमा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१