Siraha Times
ताजा समाचार

अब घरधनीले भाडावालाको विवरण प्रहरीलाई बुझाउनै पर्ने

  • चैत १६, २०७४
  • ६४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १६ । अपराधमुक्त क्षेत्र बनाउने भन्दै प्रहरीले सबै घरधनी र डेरावालाको विवरण संकलन गर्न सुरु गरेको छ । अपराध न्युनिकरणका लागि भन्दै वृत्त र प्रभागहरुको नेतृत्वमा काठमाडौं प्रहरीले विवरण संकलन थालेको हो । काठमाडौं जिल्लामा मात्रै रैथाने र बाहिरबाट आएका गरी झण्डै ३० लाख मानिसको बसोबास रहेको अनुमान छ । चाहिएको सबै सूचना तत्काल प्राप्त गर्न सकिने र को–कहाँ बस्छ भन्ने सूचनाले प्रहरीलाई सुरक्षा प्रबन्धका लागि सहज हुने भन्दै प्रहरीले विवरण संकलनको काम थालेको हो ।

घरधनीको विवरणसँगै डेरामा बस्नेको नागरिकता नम्बरदेखि सवारी साधनको नम्बरसमेत प्रहरी कार्यालयमा घरधनीले बुझाउनुपर्नेछ । यो अभियान सुरु भइसकेको र केही दिनमा प्रहरीसँग सबै तथ्याङ्क र विवरण आइसक्ने काठमाण्डौ प्रहरीले बताएको छ । प्रहरीले सबै घरधनीलाई एउटा फारम उपलब्ध गराउनेछ । फारममा सुरुमा घरधनीको विवरण उल्लेख गर्नुपर्नेछ । घरधनीको वास्तविक नामदेखि बोलाउने नाम पनि समावेश गर्नुपर्नेछ । जसमा टोल, मार्ग, वडा, नागरिकता नम्बर, जिल्ला सबै विवरण भर्नुपर्नेछ । त्यसपछि घरभाडामा बस्नेहरुको सम्पूर्ण विवरण पनि घरधनीले नै भर्नुपर्नेछ । जसमा नाम, बोलाउने नाम, स्थायी ठेगाना, पेशा व्यवसाय, उमेर, सवारीसाधन भए त्यसको नम्बर उल्लेख गर्नुपर्नेछ । यतिमात्रै होइन, भाडामा बस्न सुरु गरेको मिति, सरेर आएको स्थान, टेलिफोन नम्बर, नागरिकता नम्बर आदि पनि लेख्नुपर्नेछ । यो फारम प्राप्त गरेको मितिले ७ दिनभित्र भरेर पाँच रुपैयाँको टिकट टाँसेर प्रहरीलाई बुझाउनुपर्ने नियम बनाइएको छ । प्रहरीले विवरण नभर्ने घरधनी वा भाडावालालाई कारबाही गर्ने जनाएको छ । तर कुन कानुन प्रयोग गरी कस्तो कारवाही गर्ने भन्ने चाँहि प्रहरीले केहि पनि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१