Siraha Times
ताजा समाचार

कञ्चनरुप नपाद्वारा कानून बिपरीत प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति गठन,समितिमा काङ्ग्रेस र जसपाको कार्यकर्ता भर्ती

  • साउन ८, २०७९
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कञ्चनपुर,साउन ८ गते । कञ्चनरुप नगरपालिकाले ५ वर्षअघि नै बनाएको स्वास्थ्य तथा सरसफाई कार्यविधि,२०७५ र संघीय सरकारले बनाएको कार्यविधि  विपरीत प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको स्वास्थ्य व्यवस्थापम समिति गठन गरेको पाइएको छ । कञ्चनरुप नपाले बनाएको कार्यविधिमा ५ सदस्य समिति रहने व्यवस्था छ,त्यसैगरि संघिय सरकारले बनाएको कार्यविधिमा संरक्षक सहित ९ सदस्य रहने व्यवस्था छ । तर कञ्चनरुप नगरपालिकाले दुुवै कार्यविधिलाई मिच्दै ८ सदस्य  समिति गठन गरेको छ । कञ्चनरुप नगरपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको समिति नियम बिपरीत नगरपालिकाले बितेको शुक्रबार गठन गरेको हो ।  कञ्चनरुप नगरपालिकाले २०७५ साल कार्तिक २० गते उक्त समिति गठन सम्बन्धि कार्यविधि राजपत्रमा प्रकाशित गरेको थियो । उक्त कार्यविधिमा दफा ७मा “व्यवस्थापन समिति” गठन गर्ने व्यवस्था गरेको छ । उक्त कार्यविधिको दफा ७मा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन, काम, कर्तव्य र अधिकार सम्बन्धि व्यवस्था गरिएको हो । सामुदायिक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीको सञ्चालन तथा व्यवस्थापनका लागि हरेक संस्थाको छुट्टा छुट्टै ब्यवस्थापन समिति गठन गरिने व्यवस्था गरिएको छ । 

उक्त कार्यविधिको दफा ७ (१)मा  सम्बन्धित वडाअध्यक्ष वा वडाअध्यक्षले तोकेको वडा सदस्य अध्यक्ष रहने ,स्वास्थ्य क्षेत्रमा क्रियाशिल मध्ये वडा समितिबाट मनोनित महिला वडा सदस्य १ जना सदस्य,सम्बन्धित वडा भित्रका महिला स्वास्थ्य स्वयंसेविका मध्ये वडा समितिले मनोनित गरेको १ जना सदस्य,सम्बन्धित वडाको वडा सचिव सदस्य  र सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुख सदस्य सचिव रहने व्यवस्था गरेको छ ।  प्राथमिक स्वाथ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर अकाश रौनियारका अनुसार कञ्चनरुप नगरपालिकाले बितेको शुक्रबार ८ सदस्य गठन गरेको छ । उक्त समितिमा कञ्चनरुप नपा ८का वडाअध्यक्षको अध्यक्षतामा कृष्णा साह,सदस्यमा  ,स्वास्थ्य क्षेत्रमा क्रियाशिल मध्ये वडा समितिबाट मनोनित महिला वडा सदस्यमध्येबाट मंञ्जुु सरवरिया,सम्बन्धित वडा भित्रका महिला स्वास्थ्य स्वयंसेविका मध्येबाट शुुष्मा खडका, वडा नम्बर ८की वडा सचिव कविता बस्नेत, सदस्य सचिवमा प्राथमिक स्वाथ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर अकाश रौनियार र संरक्षकमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता र समाजसेवी क्षेत्रबाट नेपाली काग्रेसका त्रृmयाशिल सदस्य किशोर कुमार गुप्ता र जनता समाजवादी पार्टीका वडा नम्बर ८का संयोजक ललित शर्मालाई चयन गरिएको छ ।उक्त समितिमा कञ्चनरुप नगरपालिकाले बनाएको कार्यविधि विपरीत समाजसेवीको नाममा जसपा र काग्रेसका दुुई जना नेतालाई व्यवस्थापन गरिनुुका साथै नगरप्रमुखलाई कार्यविधि बिपरीत संरक्षक बनाइएको छ ।संघीय सरकारले बनाएको कार्यविधि विपरीत समेत उक्त समिति गठन भएको छ । संघीय सरकारले बनाएको कार्यविधि अनुसार व्यापार संघका एक जना प्रतिनिधि,सम्बन्धि क्षेत्रका विद्यालयका प्रअ,किशोर किशोरीमध्येबाट १ जना रहने व्यवस्था छ । साभार अबलोकित दैनिक बाट 

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१