खानेपानीको साधन विनास तिर समबन्धित निकाय मूकदर्शक बन्दै

  • साउन ८, २०७९
  • ६४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १२ मा रहेको खानेपानीको एक मात्र पुरानो विकल्प इनार बाढीपानीले विनास तिर जाँदै गरेको अवस्थामा सम्बन्धित निकाय दर्शक बन्दै आएको छ । धनगढीमाई १२ का अधिकांश बस्तीहरूमा खानेपानीको समस्या रहिआएको पाइन्छ । असारे भेलले गड्मे स्थित खुट्टी खोला र मडयान खोलाको दोभानमा रहेकाे ईनारमा बाढीले क्षति पुर्याउँदा आम मानिसहरू खाने पानीको लागि चिन्तित देखीएका छन् । स्थानिय निर्वाचनको समयमा जन्ताहरुको घर आँगनमा विकासका आश्वासन दिएका नेतागणले आज उनै जनताको समस्या प्रति बेखवर हुँदा स्थानीयमा चिन्ता बढ्न थालेको विदित गराउन चाहन्छु । निर्बाचन जीतपछि केही गर्छु भनेर आश्वासन दिनुभएको सपनाहरु के थियो ? अनी जनताले तपाईहरुलाई आफना समस्याको बारेमा बारम्बार जानकारी गराउँदा पनि तपाईहरुको ध्यान जन्ताको माझमा किन जाँदैन ? यस ईनारबाट खानेपानी उपभोक्ताहरू करिव १८० घरधुरी रहेको छ तर असारकाे भेलले ईनारमा क्षति पुर्याउँदा ईनार क्षतिग्रस्त अबस्थामा पुगिसकेको छ । के यो ईनारलाई रोकथाम गर्नको लागि योजना नै पर्खन पर्ने हो ? ईनार बाट लाभान्वित करिव १८० घरधुरीका मान्छेहरुले खाने पानीको लागि कहा जानुपर्ने हाे देखाउनु होस ? तथापी तत्काल अनुगमन गर्दै समस्याको समाधान खोजिनु तपाईं हाम्रो कर्तब्य हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१