Siraha Times
ताजा समाचार

गोलबजार नगरपालिकाको विगतको कर्तुत बाहिरिदै

  • साउन ७, २०७९
  • १६८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ७ । सिराहाको गोलबजार नगरपालिका तनावग्रस्त बन्दै गएपछि वास्तविकता बाहिर आउन थालेको छ । गोलबजार नगरपालिकाको पूर्व मेयर लगायतले पदिय दुरुपयोग गर्दै एउटै घरबाट तीन जना कर्मचारी भर्ना गरेको रहस्य खुलेको छ । विगतका मेयर लगायत त्यहाँका प्रसासनीक निकायहरुले दादागिरी शैलीमा कर्मचारी भर्ना र क्षमताहीन करार भर्ना गरेर राजनीतिक दम्ब देखाउँदै आइरहेका थिए । गोलबजार नगरपालिकामा नगर प्रमुखको कार्यकक्षमा तोडफोड भएको विषय लिएर साउन ६ गते आयोजित पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले शान्तिपुर्ण आन्दोलन भनिएपनि केही व्यक्तिले सिटि बजाउदै उग्रशैलीमा ढुँगामुँढा गरेको कार्यप्रति आपत्ती जनाउँनुभयो । आन्दोलनरत करारका कर्मचारीहरु सहित माओवादी कार्यकर्ताहरुले गोलबजार नगरपालिकाको नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्य कक्षमा ढुङ्गामुढासंगै बाहिर राखिएको कुर्सी समेत तोडफोड गरेका हुन् । माओवादी कार्यकर्ताहरुले गरेको ढुङ्गा प्रहारबाट गोलबजार ना.पा–४ का स्थानीय ३६ बर्षिय जितेन्द्र साफी घाइते भएको छ । माओवादी केन्द्रले गोलबजार नगरपालिका कर्मचारी निस्काशन गरेको भन्दै विरोधका विभिन्न कार्याक्रम हरु घोषणा गरेको छ । माओवादी कार्यप्रति आपत्ती जनाउँदै जनता समाजवादी पार्टीका प्रतिनिधि रामचलितर साहले ‘नगरपालिकाभित्र गरिएको ढुँगामुढालगायत तोडफोड घटनाप्रति खेद प्रकट गर्नुभयो ।

जसपा नेता साहले माओवादीद्वारा विगतमा गरिएको कर्मचारी भर्ना राजनीतिक दलहरुलाई सहमत नभएको भन्दै त्यस्ता सक्षमहीन कर्मचारी हटाउँनु उचित नै हो बताउँनुभयो । त्यसैगरी नेकपा एमाले ,नेपाली काँग्रेसका प्रतिनिधि र नेपाल पत्रकार महासँघका अध्यक्ष मनोज बनैताले सक्षम कर्मचारीलाई व्यवस्थापन गर्नुपर्छ । असक्षमलाई हटाउँनु उचित नै रहेको बताउँनुभयो । गोलबजार नगरपालिकले विगत देखि हैकमवादी शैलीमा प्रसासनीक कार्यागैली गर्दै आएको थियो । जग्गा विवाददेखि कर्मचारी भर्नामा विवादित बन्दै आएको सबै कर्मचारी सहित विगतका निर्णयहरु उलटाई अख्तियारको घेरामा राखी कानुनी प्रक्रिया अगाडि बढाउन जरुरी देखिएको छ । शिक्षा शाखा देखि सबैमा आफन्त्वाद नाताबाद कृपाबाद गरी कर्मचारी भर्ना गरी शैक्षिक संस्थामा समेत तत्कालीन विनी रामलखन मण्डललाई परिचालित गरी जथाभावी आफ्नो मान्छेलाई हेडमास्टर बनाउने पायक पर्ने ठाउँमा सरुवा गर्ने लगायतका कामहरु विगतमा भएको सर्वविदित रहेकाे पाइन्छ । यता कमिसनमा नागरिकता सिफारिश लगायतका महत्त्वपूर्ण जनताको काममा सास्ती दिँदै आएका बलकवा गोलबजारको सचिवको हैकमवादी कार्यशैलीको बारेमा नगरपालिकालाई जानकारी स्थानिय जनताले गराउँदा पनि नगर बेखवर भइरहेको थियो । स्पस्ट छानबिन गरी कर्मचारी ब्यबस्थापन हुनु आजको आबस्यकता हो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१