Siraha Times
ताजा समाचार

माबी पडरीया थारुटोलमा प्र.अ.रामशेवक यादवको सेटीङ्गमा शिक्षक भर्नामा अनियमितता

  • साउन ६, २०७९
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ श्रावण - सिरहाको लहान नगरपालिका वाडा १२ माबी पडरीया थारुटोलमा प्र.अ.राम शेवक यादवको सेटीङ्गमा शिक्षक भर्नामा अनियमितता भएको बाहिरीएको छ।२०७७ साल देखि २०७९ नि.मा.शि.तहका लागी नेपाली अङ्ग्रेजी र गणित विषयको लागि २०७८/ ७९/ ००१ राखी पुनः सोही दरबन्दीको लागि २०७९/०४/४ गते नेपाल सरकारको शिक्षा निति ऐन अनुसार परिक्षा संचालन गर्नु पर्नेमा परिक्षा संचालन नगरेको सहभागीहरुको गुनासो रहेका छन्। प्र.अ. ले समयमा परिक्षा संचालन नगरी विभिन्न प्राबिधिक समस्या देखाई दिउँसो ११:४० मा मिलोमतोमा परिक्षा संचालन गरेका थिए।परिक्षामा ३९ जना परिक्षार्थीहरु मध्येबाट १ जना गणित विषयका परिक्षार्थी मात्रा प्रथम पत्रमा उतिर्ण गराएको र नेपाली र अङ्ग्रेजी विषयमा परिक्षार्थीहरुलाई उतिर्ण नगरेको पुर्ण आर्थिक चलखेल र प्र.अ.राम शेवक यादवको सेटिङ्गमा सोही दिन हतारमा अन्तरबार्ता लिई न्युकक्त गरेको सहभागीहरुको आरोप रहेका छन्।

परिक्षार्थीहरुले पुनः परिक्षाको माग गर्दै पत्रकार समेलन मार्फद जानकारी गराएका थिए।निस्पक्छ पार्दर्शी हिसाबले पुनः परिक्षा गराउन माग गरेका छन्।बिधालय ब्यवस्थापन समितिका अध्यक्ष छेदीलाल चौधरीको समेत उपस्थितिमा यस्तो गैर कानुनी हिसाबले नियुक्त गरेको सहभागीहरुले बताए।शिक्षक भर्नाको विषयमा प्र.अ.रामशेवक यादवलाई पत्रकार ले सोधपुछ गर्दा यो विषयमा केहि बोल्न मानेन्न र हतोपतो घर लागेका थिए। अनियमिताको विषयमा सरोकारवालाको ध्यानाकर्षण होस र सेटिङ्गमा रहेका शिक्षक कार्बाहीको समेत जोडदार माग गरेका छन। असन्तुष्ट पक्षहरुले बिरोध स्वरुप लहान नगरपालिकामा ध्यानाकर्षण गराउन लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाएको स्थानीय युवा नेता धर्म राज चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१