Siraha Times
ताजा समाचार

मेयरःमहेश प्रसाद चौधरीज्यूले गरेको प्रतिवद्धतावाट तत्कालै सयौ बिग्हा जग्गा जोगिए

  • साउन ५, २०७९
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, असार । सिरहाको लहान नगरपालिका वार्ड नं.२३, करैया र तिलेबोना गाउँमा पर्ने बलान नदीले कृषकहरुको हजारौ बिगहा कटानका कारण त्यहाका कृषकहरु चिन्तीत बनेको वेलामा स्थानिहरुको दुखेसो समाधान गर्न लहानका मेयर महेश प्रसाद चौधरीले १५ लाखको लागतमा पानिको बहावको मुहानलाई बलान नदीको बिच भएर नहर जस्तो उत्खन्न गरी कटानका समस्या तत्काल समाधान गरेको कुरा अरुण परसैलाले जानकारी गराएको छ । काटानको तटवन्ध बनाउन स्थानिय युवाहरुले दैनिक ज्यालादारीकोरुपमा कार्य गर्दा बिपन्न वर्गका युवाहरुलाई पनि सहयोग मिलेको कुरा कटानको तटवन्ध बनाउने समितीका अध्यक्ष बिष्णु गुप्ताले बताएको छ । नहरको स्वरुप बनाएर ज्यालादारीमा युवाहरुले प्लाष्टिकको बोरामा बालुवाको पोको बनाएर पानिको सतह देखि करिव पाँच फिट अग्लो तटवन्ध बनाएर पूर्ववाट सिधै पश्चिम करैया तिलेवोनाको खेतीयोग्य जग्गा तिर बग्ने पानिको वहावलाई बलानको बिच हुने गरी नहरको स्वरुप दिदा स्थानियहरु हर्षित भएको छ । महेश प्रसाद चौधरी ज्यू लहानका मेयर बनेको केही दिनपछि बलान नदीमा जग्गा कटानको समस्या समाजिक सञ्जाल देखि कृषकहरुको डाईरेक्ट गुनासो सुन्ने बितिकै आफै अनुगमन गरी तत्कालै १५ लाख नगरपालिकावाट दिने प्रतिवद्धता गरेका थिए । त्यही प्रतिवद्धता आज पूरा भएको अनुभव गर्दै स्थानियहरुले मेयर चौधरीको चर्चा चियापसलहरुमा गुन्जेको छ । नहर ( तटवन्ध ) बनाउने समितीका अध्यक्ष गुप्ताको बिशेष निगरानीमा करिव १५ दिनमै दुई किलामिटर नहर बनाउन सफल भएको कुरा स्थानियहरुले बताए । कम लगानीमा युवाकामदारहरुको सहयोग र नगरपालिकाको जेसीभीवाट थप खेती योग्य जग्गा कटान रोक्न सफल भएको छ । हजारौ बिगहा जग्गा कटानको समस्या भोगिरहेका कृषकहरुको हकहितमा के कस्तो कार्य भैरहे र थप योजना ल्याउने सम्भावना सोच्दै लहानका मेयरले आज अनुगमन गर्न जादा सिरहाको दर्जनौ पत्रकारहरु स्थलगत रिपोटिङ्ग गरेको छ । मेयर चौधरी लगायत पत्रकारहरु बलान नदीको हिलोमय भएको माटोपानीमा एक किलोमिटर हिडेर टतवन्धको स्थलगतसम्म पूगेका थिए । अरवै लागत लाग्ने ठाउँमा केही बजेटवाट तत्काल सयौ बिग्हा जग्गा कटानवाट बचाउन सफल हुदा मेयर प्रति स्थानियहरु सकारात्म सोच व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१