गोलबजार व्यापार संघमा अग्रवालको २ सय ३३ मतले अग्रता

  • मंसिर २२, २०७५
  • १४०१ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २२ मंसिर । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । 
 
मतपरिणाम अनुसार अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्ष महेश साह सुडीले ४ सय  द्धितीय उपाध्यक्ष आनन्द कुमार यादबले ३ सय ९३, महासचिब सोहेब अनबरले ४ सय ११, कोषाध्यक्ष बिजय कुमार साहले ४ सय ७२ र सचिब अरुण सिंहले ४ सय २८ मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यहरुमा समृका कुमारि महतोले ३ सय ८४, विनोद कुमार साहले ४ सय २५, कविलदेव साहले ४ सय १८, दीपेन्द्र कुमार राउतले ४ सय ३६, रामश्रृंगार साह तेलीले ४ सय २६, हिरा यादवले ३ सय १, अनिल कुमार लामाले ४ सय १४, दीनेश कुमार यादवले ४ सय २२ र बैजनाथ शर्माले ४ सय २३ मत प्राप्त गरेका छन् । 






 
यता, साह प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक साहले ३ सय ६७, द्धितीय उपाध्यक्षमा रमेश कुमार श्रेष्ठले ३ सय ८१, महासचिबमा राकेश प्रसाद साहले ३ सय ९७, कोषाध्यक्षमा बिजय कुमार साहले २ सय ९९ र सचिबमा सुशिल कुमार महतोले ३ सय १८ मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी, सदस्यहरुमा रेखाकुमारी तमांगले २ सय ७२ मदन कुमार साहले ३ सय २८, सतिश चन्द्र सिंहले ३ सय ४०, रामकुमार साहले ३ सय २०, राकेश कुमार यादवले ३ सय ३४, वीरेन्द्र महतोले ३ सय ७२, प्रमोद कुमार साहले ३ सय ३५, समिम मियाँले ३ सय १२ र उमेश कुमार सिंहले ३ सय १५ मत प्राप्त गरेका छन् ।  
 
शुक्रबार भएको मतदानमा संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । मतगणना अबेररातीसम्म जारी रहने निर्बाचन अधिकृत सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१