कृष्णनगर नगरपालिकाकाे ७६ कराेडकाे बजेट सार्वजनिक

  • असार ३०, २०७९
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर , असार ३० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७६ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । बिहीबार कृष्णनगर नगरपालिकाको आठौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएकाे छ । आ.ब. ०७९/०८० संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, माैजदात रकम कुल बजेट ७६ करोड ३२ लाख ४५ हजार बजेट विनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकालले बताउनुभयाे । यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही, बहुवर्षिय याेजनाहरुमा बजेट बांडफांट गरिने नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयाे । उनले अबकाे याेजना कार्यक्रममा विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए । कार्यक्रममा नगरपालिका भित्रका तीन जना उत्कृष्ट शिक्षक तथा पत्रकार तर्फबाट अंकुश कुमार श्रीवास्तव नगद रकम सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो l

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१