Siraha Times
ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न

  • असार ३०, २०७९
  • ९४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० असार - जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ्।शत्रुधन प्रसाद चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा लहान नगरपालिका मेयर महेश चौधरी बिशिस्ट अतिथिमा राम चलितर महतो,ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेबती रमन शर्मा लहानका प्रहरी इन्चार्ज कुमार मैनाली लगायत सयौं अतिथिहरुको उपस्थिति रहेको थियो। प्रमुख अतिथि चौधरीका अनुसार लहान ब्यापारीको केंद्र बिन्दु हो। लहान लाई देश भरि चिनाउने भनेको लहानका ब्यापारीहरुको भुमिका रहेको बताए। लहानमा श्रावण १ गते देखि राजमार्गको सम्पुर्ण होटेलहरु राती १२ बजे राती सम्म खुला रहने उनले बताए।

साना किसान तथा घरेलु कार्यालयका प्रमुख दिपेन्द्र यादव का अनुसार मधेस प्रदेशमा सब भन्दा बढी उधोग दर्ता भएको जिल्ला सिरहा लहान नै रहेको बताए।आफुले कर्यालयमा आउँदा कामको प्रेसर थेगने अवस्था थिएन।मैले जनतालाई सहजताको लागी कार्यालय बाहेकको समय मैले कार्यालयमा दिएर कामलाई सह बनाएको बताए। देशमा जनताले नयाँ नेतृत्वको चाहना गरिएका छन्। परिवर्तन हरेक क्षेत्रमा हुनु जरुरी रहेको बताए।परिवर्तनको जिम्मेवारी जनताले हामी जनप्रतिनिधिहरुलाई जिम्मा दिएको छ्।ब्यापारलाई पनि लहानलाई केन्द्र बिन्दु बनाउनु पर्ने बताए। भाषन गर्ने नेताहरुको समय समाप्त भयो र काममा फडको मार्ने समय आएको छ उप प्रमुख महतोले बताए। कार्यक्रममा अतिथिहरुलाई सम्मान र मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिएका थिए।लहानमा इमानदार सहासी र ब्यापार बुझिएका युवा बिकाश सारडाको टिम निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१