महानगरमा शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास : मेयर रेनु दाहाल

  • असार २८, २०७९
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर चितवन, असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छन् । भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण कार्यक्रममा मेयर दाहालले विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताइन् । पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण बढेको उल्लेख गरिन् । ‘पाँच वर्षमा सात हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढे’उनले भनिन् ,‘यो भनेको गुणस्तरमा वृद्धि हुनु हो । अझै यो संख्या बढेर जान्छ । छात्रालाई साइकल वितरण, विद्यालयलाई बस हस्तान्तरण, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियौ । विद्यालयका आधुनिक भवन निर्माण पनि भएका छन् ।’ महानगरपालिकाले एक वडा एक नमुना विद्यालय निर्माणको लक्ष्य लिएकाले विद्यालयहरु बीच शैक्षिक प्रतिस्पर्धा कायम भई शैक्षिक गुणस्तरमा वृद्धि हुने मेयर दाहालले दाबी गरिन् ।

‘नारायणी नमुना मावि जस्तै सबै विद्यालय भरतपुरमा हुन जरुरी छ’ उनले भनिन्,‘भरतपुरमा मात्रै उत्कृष्ट होइन, देशकै उत्कृष्टमा पर्छ । नारायणी माविको विधि पद्धतिलाई सबै विद्यालयले अनुसरण गर्न आग्रह गर्छु । शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर सधै तयार छ ।’ मेयर दाहाले गरे केही पनि असम्भव छैन भन्ने कुरा विगत ५ वर्षमा गरेका कार्यले पुष्टि गरेको बताइन् । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न ५ वटा विद्यालयलाई बस हस्तान्तरण गरेको थियो । यो वर्ष भरतपुर १६ को ढड्डाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई मेयर दाहालले एक समारोहका बीच बसको चाबी हस्तान्तरण गरिन् । मेयर दाहालले बस हस्तान्तरणको कार्यक्रमलाई बर्सेनि निरन्तरता दिइने पनि उल्लेख गरिन् । हस्तान्तरण गरिएको एउटा बसको मूल्य २१ लाख ४५ हजार रुपैयाँमा खरिद गरिएको हो । विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१