Siraha Times
ताजा समाचार

उद्योग वाणिज्य सँघका पदधिकारीलाई शपथग्रहण, अधिकाँश पसलमा म्याद गुज्रिएको मालसमान

  • असार २८, २०७९
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २८ असार । लहानलाई पर्यटनमा सक्रिय पार्न लोकमार्गमा होटल १२ बजे रातीसम्म खोल्न मेयर महेश चौधरीले जोड दिएका छन् । जिल्ला उद्योग वाणिज्य सँघ लहानको नयाँ पदधिकारीहरुको असार २७ गते पदस्थापना कार्यक्रममा मेयर चौधरीले लहानमा व्यापक चोरी डकैती बढेको छ । बजारमा राती पनि चहलपहल भए शान्तिसुरक्षा सवल हुने भन्दै मेयर चौधरीले लोकमार्गमा राती १२ बजे र बजारमा १० बजेसम्म होटल तथा व्यवसाय साउन १ गतेदेखि सँचालनमा आउँने बताउँनुभयो ।लहान ७ स्थित मेयर चौधरीको घर अगाडि नागेन्द्र साहको घरमा चोरी भएको आज दूई साताबढी भएको छ । चोरको हुलिया समेत प्राप्त गरेपनि लहान प्रहरीले चोर समाप्त नसकेको हो । कार्यक्रममा उपमेयर रामचरितर महतोले लहानमा शान्ति सुरक्षा सवल बनाउँन भन्दै बजार अनुगमनमा सरोकारवाला निकायले हातोमालो गरेर अघि बढ्न जोड दिनुभयो ।
उपमेयर महतोले हामी काम गर्न निर्वाचित भएका छौ । समग्र विकास निर्माणको लागि जनताले यहाँ पठाएको छ भन्दै व्यापारीहरुलाई संरक्षण गर्न लहान नगरपालिका २४ घण्टा तयार रहेको बताउँनुभयो ।
उपमेयर महतोले समाज परिवर्तनको लागि हामीलाई पठाएको छ । आमुल परिवर्तनको लागि हामी अभियानमै लागेको बताउँनुभयो । उद्योग वाणिज्य सँघ लहानका पूर्व अध्यक्ष पवन मुन्डराले लकडाउनको कारण व्यापारीहरु मारमा परेका छन् । अधिकाँश पसलमा आजभोली म्याद गुज्रिएका समान बरामद भइरहेको छ । यसमा बजार अनुगमन गर्दा पूर्व जानकारी दिनुपर्ने मुन्डराले बताउँनुभयो । मुन्डराले अहिले मिटरब्याजीको सवालमा केही व्यक्तिले उस्काएर लगानीमा समस्या पारेको छ । यस्ता विगतका कुरालाई अब छाड्नुपर्ने बताउँनुभयो ।निर्वाचन अधिकृत उद्धव हमालले नवनिर्वाचित अध्यक्ष विकास शारडालाई शपथग्रहण गराएका छन् । अध्यक्ष शारडासहित पूर्वअध्यक्ष अशोकला अमात्यले उपाध्यक्षसहित कार्यसमितिका सदस्यहरुलाई शपथग्रहण गराएको छ ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी, साना तथा घरेलु उद्योगका प्रमुख दिपेन्द्र यादव, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, वडाध्यक्ष रामऔतार शर्मालगायतले शुभकामना मन्तव्य राखेको उद्योग वाणिज्य सँघका सदस्य रवीन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१