Siraha Times
ताजा समाचार

संविधान कार्यन्वयनका लागि बन्दकोठामा बोलेर हुदैन,मिडियामा बोल्नुपर्छ: मुख्यमन्त्री लालबाबु राउत

  • असार २६, २०७९
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/२६ असार। शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदानप्रदान तथा छलफल कार्यक्रम बिहीबार होटल सीता शरण जनकपुरधाममा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री माननीय मो. लालबाबु राउत , ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री , ७ वटै प्रदेशका प्रदेश सचिव , मुख्यन्यायधिवक्ता , राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ, नेपाली सेना वर्दिवास बाहिनी प्रतिनिधि लगायत धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको उपस्थितिमा कार्यक्रम गरिएको थियोे । कार्यक्रममा भावी शान्ति सुरक्षा विपद व्यवस्थापन प्रदेश सरकारको काम कर्तव्य भावी रणनीतिबारे वक्ताहरुले प्रदर्शिता गरिएको छ। नेपालीको संविधान सबै संविधान हो । गरिव , दलित ,उत्पिडित , थारु, मुस्लिम लगायतकाको संविधान हो - उनीहरूको हक अधिकार बारे बोल्नुपर्छ - उनीहरूको हक अधिकार सुनिश्चित गर्नुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले अभिव्यक्त दिए। संघियता कार्यनयन गर्न हामी सबै एक जुट भएर अघि बढनुपर्नेमा बिचार प्रस्तुत गर्नुभएको छ।

ऐन कार्यन्वयन छिटोभन्दा छिटो लागू गर्न मधेस सरकार तत्पर रहेता पनि केही बाध्यता रहेको बताए । शान्ति सुरक्षा सबल बनाउन अहिलेपनि मधेस सरकारले आईजी/डिजीपी नियुक्त गर्ने अधिकार राखिएको सोच र मानसिकताका साथ अघि बढिरहेको राउतले आश्वासन दिइएका छन। हामी मन्त्री जनताको प्रतिनिधित्व गर्ने व्यक्त छौं त्यसैले खुलेर बोल्नुपर्छ , डटेर बोल्नुपर्छ , कसैको डर नमानिकन बोल्नुपर्छ , आफ्नै पार्टीभित्र आवाज बुलन्द पार्नुपर्छ जस्तोसुकै व्यक्ति विरोधमा आवाज उठाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । फलानो दाइ 'म' त्यसको विरोधमा बोल्दिन्न त्यसको मानसिकता आजैबाट अन्त्य गर्ने दाई प्रथाबारेमा आफ्नो सान्दर्भिक प्रस्तुति व्यक्त गरेका छन । संविधान कार्यनयनका लागि बन्दकोठामा बोलेर हुदैन " मिडियामा बोल्नुपर्छ " र संधिय सरकार ढोका आफै खुलेर जाने बताउनुभएको छ। आजको आवश्यकता प्रहरी, प्रशासन ७ वटै प्रदेश सरकारको मातहत जिम्मा आउनुपर्ने / पाउनै पर्ने मुख्यमन्त्री राउतले जिकिर गरे। योसँगै तिनतह सरकारमध्ये संघिय सरकारको मानवता मानसिक फरक रहेको बताएका छन। संघिय सरकारको नीति र नैतिक दुबै खराब रहेको अभिव्यक्त समेत दिनुभएको छ। मुख्यमन्त्री राउत अनुसार - हामी मधेस प्रदेशलाई समृद्ध, विकसित, समुन्नत सुरक्षित प्रदेश बनाउन चाहन्छौं अन्तर प्रदेश प्रतिस्पर्धामा लाग्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशका माननीय मन्त्री तिलकराम शर्मा - संघियता भनेको सर्बकालिन सबल रुपले काम गर्ने निकाय हो । उनका अनुसार संघियता ३ कुरासित सरोकार राख्ने बताउनुभयो शान्ति सुरक्षा, साधनश्रोत , कर्मचारी लोकसेवा मजबुत प्रणाली बनाउनेतर्फ अग्रसर हुनु अति आवश्यक रहेको लुम्बिनी प्रदेशका माननीय मन्त्री तिलकराम शर्माले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१