ताजा समाचार

छोरी शिक्षा विमामा सहयोग गर्न मुख्यमन्त्री राउतको आग्रह

  • असार २०, २०७९
  • १२४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, अषाढ २० । मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शुरु भएको छोरी शिक्षा बिमा÷मुद्दति खाता मा सहयोग गर्न प्रदेश भरिका पालिका प्रमुखहरु लाई आग्रह गर्नु भएको छ ।मधेश प्रदेशका सबै पालिकाहरुलाई पत्र मार्फत मुख्यमन्त्री राउत अषाढ २४ गते सम्म संकलन गरिने छोरी शिक्षा विमाको फारम संकलनमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।उहाँले लेख्नु भएको पत्रमा ‘२०७८ माघ १ गते पछि जन्मीएका प्रदेशभित्रका छोरीहरुको ३ लाखको विमा प्रदेश सरकारले गर्ने भएको हुँदा अषाढ २४ गते भित्र आ–आफनो पालिकाका छोरीहरुको फारम भर्न लगाई मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरि दिनु हुन अनुरोध छ  उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤