ताजा समाचार

अर्थमन्त्री साह र झाको मिलोमतोमा सिंचाइको नाममा २० करोड हजम

  • असार २०, २०७९
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले असार महिनामा २० करोड रुपैया सिंचाइमा टुक्रे योजना बनाएर अनियमितता गरेका छन् ।भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको सहमति बेगर सप्तरी जिल्लाको सिंचाइ डिभिजन कार्यालयले २० करोडको बजेटलाई टुक्रयाएर उपभोक्ता समिति मार्फत खर्च गरेका छन् ।प्रदेशको ८ जिल्ला मध्ये सप्तरीमा मात्र सिंचाइमा थप २० करोड रकम पठाइएको छ ।अन्य ७ जिल्लामा बजेट थप गरिएको छैन् । सिंचाइ कार्यालय सप्तरीका प्रमुख रामकुमार खंगले असार ३ गते २० करोड बजेट प्राप्त भएको बताए मन्त्रालयको सहमतिमा नै अर्थ मन्त्रालयले बजेट पठाएको उल्लेख गर्दै खंगले भने, मूल्यांकन भएर मात्र भुक्तानी हुनेछ । स्रोतहरुका अनुसार मन्त्री साहले गत वर्ष कृषि मन्त्री हुँदा असार महिनामा उनले फूल खेती लगायतको शीर्षकमा करोडौ रुपैया कामै नगरी हजम गरेका थिए । हालपनि त्यसैगरी सिंचाइको नाममा २० करोड हजम गर्न लागेको स्थानीयहरुको कथन छ । साहले बजेट दिने र शम्भु झाले कागजात मिलाएर रकम कुमल्याउने धन्धा चार वर्षदेखि चल्दै आएको छ ।-इजनकपुर दैनिक 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤