मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

  • मंसिर १८, २०७५
  • ८०१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, १८ मंसिर । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क्लामेक्स आज सम्पन्न भएको छ । ५० लाखको लागतमा निर्माण भइरहेको यो मिशन मधेश फिल्म मधेशीभाखाको मैथिली भाषामा निर्माण भइरहेको छ भने यसलाई नेपाली र भोजपुरीमा समेत डबिंग गरी बजारमा ल्याउँने यसका प्रबन्धक निर्देशक आलम खानले बताए । यो फिल्ममा मारधारसहित एक्शन रहेको छ भने नायिका कसिस दहाल (मिशन कसिस) ले रोमान्टीक गीतमा नृत्य गर्दैछीन् । मिशन कसिस यत्तिबेला मधेशी मैथली फिल्ममा चर्चित नामले आगाडि बढ्दैछीन् । सोही अनुरुपको मिशन मधेश फिल्ममा उनले जोडदार प्रस्तुती गर्दै आएकी छीन् । नायिका कसिस नेपाली फिल्म गर्दै यत्तिबेला मधेशी मैथलीमा आफ्नो सुपर छवी बनाउँदै आएकी छीन् ।

मिशन मधेश चलचित्रको सुटिंग मंसिरको अन्त्यसम्म सम्पन्न हुने निर्माता मुकेश्वरलाल कर्णले बताए । आउँदो फागुनमा यो फिल्म बजारमा ल्याउँने निर्माता कर्णले दावी गरेका छन् । मधेशी मैथलीस्तरको पहिलो मिशन मधेश फिल्म रेड क्यामराबाट सुटिंग गरिरहेको छ भने नायक दिनेश्वर गुप्ता जोखिमपूर्ण अभिनय गरेका छन् । आजसम्म फिल्मको १५ दृश्य सुटिंग हुन बाँकी रहेको छ । दूई रोमान्टीक र एक क्रान्तिकारी गीतका साथ यो मिशन मधेश फिल्म बजारमा ल्याउँने तयारी गरिरहेको छ । जनजीवनसँग गासिएको यो चलचित्रको अधिकाँश सुटिंग लहानमा भएको छ भने मधेश आन्दोलनलाई चित्रण गर्ने प्रयास गरिएको छ । यो चलचित्र बालक, युवा, वृद्ध र पारिवारिक माहौलमा हेर्न सकिने स्तरको फिल्म निर्माणमा जुटेको अर्का निर्देशक सुर्या साहले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१