Siraha Times
ताजा समाचार

कृषिमा होइन किसानमा लगानी गर्नुपर्ने:- अध्यक्ष त्रिपाठी

  • असार १२, २०७९
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र कपिलवस्तु, अषाढ १२ जनता प्रगतिशील पार्टी नेपालकोको कार्यकर्ता भेला एवं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरूको सम्मान कार्यक्रम कपिलवस्तु जिलाको महाराजगंज नगरपालिका वडा नं ७ समयमाई धर्मशालामा सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता जप्रपा नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु अध्यक्ष राम प्रकाश पाण्डेय ( चक्रधारी पाण्डेय) प्रमुख अतिथिमा जप्रपा नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी, विशिष्ट अतिथिमा राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खान तथा केन्द्रीय महासचिव तथा पूर्व मंत्री ईश्वर दयाल मिश्र, अतिथिमा जप्रपा नेपालका केन्द्रीय सदस्य राम निवास यादव, राजन उपाध्याय, रूपन्देही जिल्लाको मरचवारी गाउँपालिका अध्यक्ष गयादीन बरई, जप्रपाका नेता श्याम कुमार मिश्र, राम रूप बढ्ई लगायत रहनुभयोl कार्यक्रममा स्वागत मन्तव्य जप्रपा नेपालका महाराजगंज नगर अध्यक्ष मोहम्मद हई मुसलमानले गर्नुभयो l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले किसानले आफ्नो उत्पादनको समर्थन मूल्य आफै तोक्ने संयन्त्र को व्यवस्थापन हुनुपर्ने, किसानहरू मतदाता, करदाता मात्र न भएर अन्नदाता हुन भन्ने कुरा स्मृतिमा राख्नुपर्ने, कृषिमा होइन किसानमा लगानी गर्नुपर्ने बताउनुभयो l कार्यक्रममा बोल्दै जप्रपा नेपालका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खानले किसानमा बढी लगानी गर्दै देशलाई समृद्ध बनाउन किसानको योगदान अविस्मरणीय रहने बताए l कार्यक्रममा बोल्दै महासचिव इश्वर दयाल मिश्रले किसानको समस्याका लागि आफू र आफ्नो पार्टी सधै लडिरहने, किसानको आवस्यकता तथा समस्या सरकारले सम्बोधन तत्काल गर्नुपर्ने बताउदै किसानको समृद्धि बाट नै देशको समृद्धि हुने बताए l कार्यक्रममा गोबर्धन मौर्य, राजा पाण्डेय, लवकुश तिवारी, हरीराम चौधरी लगायत हजारौँ कार्यकर्ता तथा शुभचिंतक हरूको उपस्थित थियो कार्यक्रम संचालन जप्रपा नेपाल कपिलवस्तु जिलाका उपाध्यक्ष सुरेन्द्र तिवारीले गर्नुभयो l

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१