Siraha Times
ताजा समाचार

बड्ही समाजको सिरहा जिल्ला अधिवेशन सम्पन्न

  • मंसिर १७, २०७५
  • १४२९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

सिरहा, १६ मंसिर । नेपाल बड्ही समाज सिरहाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । मिर्चैयामा दुई दिनसम्म चलेको सम्मेलनले भगवान ठाकुरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमित गठन गरिएको छ । समितिको उपाध्याक्षमा विनोद कुमार ठाकुर, कोषाध्यक्षमा हरेराम शर्मा, सचिवमा रामदेव ठाकुर, सह–सचिवमा रामचन्द्र ठाकुर चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा रामचरित्र ठाकुर, विरेन्द्र ठाकुर, रामप्रसाद ठाकुर, रामकुमार ठाकुर, किशोरी ठाकुर, रामउदगार ठाकुर लगायतका चयन भएका छन् । 
 
 
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, नेपाल बड्ही समाजका केन्द्रिय अध्यक्ष धनिकलाल ठाकुर, समाजका पुर्बकेन्द्रिय अध्यक्ष हरेराम ठाकुर र अतिथिको रुपमा सडक डिभिजन कार्यालय लहानका इन्जिनियर सोभितलाल ठाकुर, समाजका निर्वाचन मंडलका प्रमुख सुर्यनारायण ठाकुर, ईलाका प्रहारी कार्यालय मिर्चैयाका प्रहारी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनाल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र भण्डारी लगायत स्थानिय व्यापारी, बुद्धिजीवी, समाजसेबी लगायतका उपस्थित रहेको थियो । 

हाल सिरहा जिल्लामा बड्ही समुदायका कुल जन्संंख्या १३ हजार ९ सय ८३ रहेका छन् । अधिबेशनमा विभिन्न क्षेत्रमा योगदान पुर्याउको भन्दै समाजले बड्ही समुदायका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

 
 

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१