ताजा समाचार

लहान नगरपालिकाको दशौं नगरसभा सम्पन्न

  • असार १०, २०७९
  • १२१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/१० असार। सिरहाको लहान नगरपालिका नगरकार्यपालिकाको कार्यालयले दशौँ नगरसभा सम्पन्न गरेको छ। आजको दशौँ नगरभाका सम्बोधन प्रमुख अतिथि खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी, मेयर महेश प्रसाद चौधरीले गरेका छन। आजका प्रमुख अतिथि खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीका अनुसार अब लहान २४ घन्टा शुद्ध खानेपानीको योजना कार्यन्वयनमा ल्याउने बताएका छन। योसँगै यस अवसरमा लहान नगरपालिका उपप्रमुख ( उपमेयर ) रामचलितर महतो ,लहानभित्रका २४ वटैवडाका वडाध्यक्ष, विभिन्न मिडियामा आवद्ध संचारकर्मीहरु वडासदस्यहरु , लगायत बुद्धिजीवी , समाजसेवी कर्मचारीहरुको उपस्थितिमा उक्त नगरसभा गरिएका छन। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत नगर प्रमुख महेश प्रसाद चौधरीले गरेका छन।

समानुपातिक अनुदान २३ करोड ४८ लाख, सशर्त अनुदान ३७ करोड ११ लाख, विशेष अनुदान ३ करोड ५० लाख गरि जम्मा ६४ करोड ९ लाख यस आर्थिक वर्षमा प्रस्तुत गरिएको छ। साकारात्मक समृद्धिका हालसालै नारा बोकेका नगरपालिकाले ''हाम्रो लहान - सुन्दर समुन्नत र सभ्य लहान'' साकारात्मक दिशातर्फ अग्रसर हुने देखिन्छ । समग्र लहानलाई विकास र समृद्धि हेतु कृषि , उधोग, पर्यटन, पुर्वाधार, स्वास्थ्य , सामाजिक सुरक्षा, रोजगार र विभिन्न किसिमको लागू दुव्र्यसनीमा परेका युवाहरुलाई दुर्व्यसनमुक्त गर्न विशेष किसिमको कार्यक्रम सञ्चालन गर्ने नगरसभाका सभाअध्यक्ष महेश प्रसाद चौधरीले बताएका छन।

अत: आजको कार्यक्रममा २०१ बुँदालाई लक्ष्यित ( समावेश ) गरि कार्यक्रमहरु गरिने बताएका छन। योसँगै त्यसमा पुर्वाधार एवंम शहरी विकास, शिक्षा तथा खेलकुद, स्वास्थ , कृषि तथा सिचाई , पशु विकास सेवा , उधोग तथा उद्धमशीलता , महिला बालबालिका तथा ज्येष्ठ नागरिक , अपाङ्गता , सहकारी , सामाजिक विकास , विपद व्यवस्थापन , वातावरण , प्रधानमन्त्री रोजगार , संस्थागत विकास , सेवा प्रवाह र सुशासन , सुचना प्रविधि लगायतका बुँदाहरुलाई समेटेर अघि बढ्ने नगर प्रमुख महेश प्रसाद चौधरीले प्रतिबद्धता गरेका छन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤