जिल्ला समन्वय समितिको सभापतिमा महतो निर्वाचित

  • असार ७, २०७९
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ असार -जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको गठबन्धनको पुरा प्यानल नै निर्वाचित भएको छ । सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप लामा निर्वाचित भएको जसपाकी मधेश प्रदेश समिति सदस्य ललिता दास बिद्रोहीले जानकारी दिईन्। सभापतिको उमेदवार दिनेश कुमार महतोको जम्मा २६ मत ल्याएको थियो भने उप-प्रमुखको उमेदवार दिलिप लामाले जम्मा २५ मत ल्याएका थिए।भने काङ्ग्रेसका सभापति उमेदवार मनोज कुमार गुप्ता जम्मा ७ मत ल्याएका थिए।

Open photo

जिल्ला सभापतिमा दिनेश महतो र उप-सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्। त्यसै गरी सदस्यहरूमा एमालेका गिता कुमारी पासवान, सोनाबती कुमारी महरा,रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन्। जिल्ला समन्वय समिति सिरहामा गठबन्धन गर्नको लागि एमालेका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र जसपाकी नेतृ रेनु यादवले सक्रिय भूमिका निर्वाह गरेका थिए।निर्वाचनमा गठबन्धनले दोबर मतले निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१