Siraha Times
ताजा समाचार

जिल्ला समन्वय समितिको सभापतिमा महतो निर्वाचित

  • असार ७, २०७९
  • १०४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ असार -जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको गठबन्धनको पुरा प्यानल नै निर्वाचित भएको छ । सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप लामा निर्वाचित भएको जसपाकी मधेश प्रदेश समिति सदस्य ललिता दास बिद्रोहीले जानकारी दिईन्। सभापतिको उमेदवार दिनेश कुमार महतोको जम्मा २६ मत ल्याएको थियो भने उप-प्रमुखको उमेदवार दिलिप लामाले जम्मा २५ मत ल्याएका थिए।भने काङ्ग्रेसका सभापति उमेदवार मनोज कुमार गुप्ता जम्मा ७ मत ल्याएका थिए।

Open photo

जिल्ला सभापतिमा दिनेश महतो र उप-सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्। त्यसै गरी सदस्यहरूमा एमालेका गिता कुमारी पासवान, सोनाबती कुमारी महरा,रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन्। जिल्ला समन्वय समिति सिरहामा गठबन्धन गर्नको लागि एमालेका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र जसपाकी नेतृ रेनु यादवले सक्रिय भूमिका निर्वाह गरेका थिए।निर्वाचनमा गठबन्धनले दोबर मतले निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१