Siraha Times
ताजा समाचार

सिरहा जिससको लागि काँग्रेस एकल, जसपा—एमाले गठबन्धन

  • असार ४, २०७९
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक । रेडियो सौगात ) लहान, ४ असार । सिरहामा गठबन्धन भंग भएको जिल्ला समन्वय समितिको असार ६ गते हुने निर्वाचनले प्रमाणित गरेको छ । गठबन्धन भंग भएलगतै नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेलबाट जिसस सभापतिमा जसपाका दिनेश महतो निर्वाचित हुने सम्भव पक्का भएको छ । सिरहाको १७ स्थानीयतहका प्रमुख उपप्रमुखको मतदानबाट जिसस सभापति बनाउँने प्रावधान रहेको छ । जसमा एमालेबाट निर्वाचित १५ प्रमुख उपप्रमुख छन् भने जसपाबाट १० निर्वाचित भएका छन् । जिसस सभापतिको लागि ३४ मतदाता मध्ये एमाले र जसपा मिलेर २५ मत रहेको छ । उता, नेपाली काँग्रेसबाट जिल्ला समन्वय समिति सिरहाको सभापति पदमा मनोज गुप्ताले उम्मेदवारी दिएका छन् ।

प्रमुख पदको लागि जसपाबाट दिनेशकुमार महतोसहित तीन सदस्य र उपप्रमुखसहित चार सदस्यीय नेकपा एमालेले लिने गरी तालमेल भएको हो । सिरहामा रहेको १७ स्थानीय तहका ३४ मध्ये नेकपा एमाले नौ पालिकासहित १५ र जसपाले चार पालिकासहित १० जना स्थानीय चुनवामा जित हासिल गरेको छ । नेपाली कांग्रेस छ, नेकपा माओवादी केन्द्र दुई र नेकपा एकीकृत समाजवादीसँग एक मत छ । एमाले र जसपा गरी ३४ मध्ये २५ मत रहेकोले सिरहा जिल्ला समन्वय समितिमा एमाले जसपा गठबन्धनको जीत सुनिश्चित रहेको जसपाका नेता तथा लहान नगरपालिकाका उपमेयर रामचरितर महतोले बताउनुभयो । असार ६ गते हुने सिरहा समन्वय समिती निर्वाचनका लागि जनता समाजावदी पार्टि र नेकापा एमाले गठबन्धनबाट सभापतिमा दिनेश कुमार महतो, उपसभापतिमा दिलिप कुमार लामा, सदस्यहरुमा जानकीदेवि यादव, सोभा यादव, सुरेश यादव, गिता पासमान, सोना बति महरा, सुर्य नारायण यादव, रबिन्द्र कुमार महतो नाम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१