Siraha Times
ताजा समाचार

मिर्चैया : टी–२० क्रिकेटको उपाधि सिरहा एकेडेमीको कब्जामा (फोटोसहित)

  • मंसिर १५, २०७५
  • १२६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १५ मंसिर । सिरहाको मिर्चैयामा सम्पन्न टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहा एकेडेमीले कब्जा गरेका छन् । बिजयादशमी, शुभदिपाबली तथा छठ पर्बको अबसरमा आयोजित अन्तर–जिल्ला स्तरीय टी–२० प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शनिवार) सम्पन्न फाइनल खेलमा सिरहा एकेडेमीले महेन्द्रनगर क्रिकेट टिमलाई ४ बिकेटले पराजित गर्दै बिजयी भएका छन् । 
 
टस जितेर पहिला ब्याटिंग गरेको महेन्द्रनगर टिमले १८ ओभरमा अलआउट हुँदै ६४ रन बनाएको थियो । जबाफमा ६५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेका सिरहा एकेडेमीले १८.५ बल खेल्दै ६ बिकेटको क्षतिमा लक्ष्य हासिल गर्दै बिजयी भएका छन् ।  

 





 
मिर्चैया नगरपालिका बडा नं. ५ स्थित मोहन माबिको मैदानमा भएको खेलमा बिजेता टिम सिरहा एकेडेमीलाई मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले २५ हजार रुपैया नगद र ट्रफी प्रदान गरेका थिए । त्यसैगरी उपबिजेता टिम महेन्द्रनगरलाई माँ अम्बे ट्रेडर्स एण्ड ग्लोबल ट्रेडिङ मिर्चैयाका संचालक लालबाबु साहले १५ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।
पुरस्कार बितरण गर्दै मेयर यादबले नगरमा खेलको बिकासकालागि  मिर्चैयामा प्रदेश स्तरका खेलकुद आयोजना गर्ने उद्घोष गरेका छन् । कार्यक्रममा बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह लगायत स्थानियबासी, ब्यापारी, खेलप्रमी लगायतका उल्लेखनिय उपस्थित रहेको थियो ।
 
 

 

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१