Siraha Times
ताजा समाचार

भ्रष्टाचार नियन्त्रणका लागि मोहन माविमा अख्तियारको प्रशिक्षण

  • मंसिर १४, २०७५
  • १०३६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १३ मंसिर । भ्रष्टाचार नियन्त्रणका लागि सिरहाको मिर्चैयामा रहेको मोहन मावि (आवासिय प्राविधिक) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले एक दिने प्रशिक्षण सम्पन्न गरेको छ । “भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका बिषयक एक दिबसीय स्थलगत सामुदायिक शिक्षा” नामक कार्यक्रम मार्फत भ्रष्टचार नियन्त्रणमा खेल्न सक्ने भुमिका र गर्न सक्ने प्रयासको सम्बन्धमा बिद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरुलाई आज (विहिबार) प्रशिक्षण दिईएको छ ।
 
कार्यक्रममा आयोगका सहसचिव पुरुषोतम ढकालले भ्रष्टचार के हो, कहाँ–कहाँ भ्रष्टाचार हुन सक्छन र कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सहजीकरण गरेका थिए । उनले भ्रष्टचार नियन्त्रणका लागि विद्यार्थी, शिक्षक, अभिभावकहरुको पनि ठुलो भुमिका रहने बताए । प्रशिक्षणको क्रममा उनले भने “अहिलेको विद्यार्थी नै भोलीको कर्मचारी, नेता, प्रशासक वा अन्य शिक्षित वर्ग हुने भएकाले उनीहरुमा भ्रष्टाचार नियन्त्रणबारे ज्ञान हुनु आवश्यक रहेको औल्याएँ । विद्यार्थीमाझ भ्रष्टाचार र भ्रष्टाचार नियन्त्रणबारे सचेतना जगाउनकै लागि देशब्यापी रुपमा कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । 
 
उनले भने “बर्दिबास कार्यालय अन्तर्गत रहेका ७ जिल्ला मध्ये पहिलो चरणमा ३ ओटा जिल्लामा कार्यक्रम संचालन हुन्छ, जसमा सिरहाको मोहन माबि मिर्चैया र उदयपुरको एक बिद्यालय रहेका छन्, त्यसैगरी अन्य जिल्लाको निर्णय हुन बाँकी रहेको छ ।” भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी स्वच्छ समाज निर्माण गर्नु मुख्य परिकल्पनाको साथ कार्यक्रम संचालन गरिएको प्रशिक्षक तथा आयोगका अधिकृत मो.महफुज अहमदले स्पष्ट गरे । 
 
ट्रान्सपरेन्सि इन्टरनेशनलले सन २०१७ मा गरेको अध्ययन अनुसार भ्रष्टाचार गर्ने मामलामा सार्क राष्ट्रको देशमा नेपाल छठौं स्थानमा रहेको छ । ट्रान्सपरेन्सिले १८० देशको अध्ययन गर्दा सबभन्दा कम भ्रष्टाचार न्युजिल्याड र डेन्मार्कमा भईरहेका छन् भने सबभन्दा बढी भ्रष्टाचार सोमालिया र दक्षिण सुडानमा भईरहेका छन् । जसमा भ्रष्टाचार गर्नेमा नेपाल १२२ औं स्थानमा रहेका छन् । 


आयोगको कार्यालय बर्दिबासको आयोजना तथा बिद्यालयका प्र.अ. अशोक यादबको अध्यक्षतामा भएको कार्यक्रममा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, बिनि बुद्धिमान दनुवार, श्रोत ब्यक्ति श्याम यादब लगायत बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१