Siraha Times
ताजा समाचार

लहान ब्यावसन कार्य समितिद्वारा मेयर चौधरी र उपमेयर महतोलाई सम्मान

  • जेठ २१, २०७९
  • ११४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ जेठ- बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट लहान नगरपालिकामा निर्चाचित भएका मेयर र उप-मेयरलाई स्वागत र सम्मान गरिएका छन्। ब्यावसनका लहान नगर अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहानका नव निर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोलाई स्वागत र सम्मान गरेका छन्।

Open photo

बिशिस्ट अतिथिहरुमा जिल्ला अध्यक्ष उमेश प्रसाद चौधरी, पुर्व केन्द्रिय सदस्य जागेश्वर यादव,पशुपति आदर्श उच्च माद्ययमिक बिधालयका प्रधान अध्यापक महेन्द्र प्रसाद चौधरी र प्रदेश अध्यक्ष मुरारी प्रसाद साह ,उपेन्द्र चौधरी रहनु भएको थियो। अतिथिहरुमा उमेश यादव शिव कान्त चौधरी रहनु भएका थिए। कार्यक्रममा स्वागत मनतब्य बिरेन्द्र प्रसाद चौधरीले राखनु भएको थियोे। जिल्ला अध्यक्ष उमेश चौधरीका अनुसार लहानका एकै चोटी अवधारणा बनाई १२ कक्षा सम्म लागु गर्न ध्यानाकर्षण गराउनु भएको थियोे।

Open photo

विद्यार्थीहरुको हातमा पुस्तक नपाएको अवस्था रहेको बताए। लाखौं विद्यार्थीहरु पठय पुस्तक बिना बन्चित रहेका छन्। मेयर चौधरीलाई ध्यानाकर्षण गराउनु भएको थियो।निजि तथा अवाशिय बिधालयहरुलाई जग्गाको खाचो रहेको जिल्ला अध्यक्ष उमेश चौधरीले बताए। प्यावसन कार्यालयको लागी समेत जग्गाको प्रवन्ध मिलाउनको लागी आग्रह गरेका थिए।

Open photo

प्रमुख अतिथि मेयर महेश प्रसाद चौधरीका अनुसार निजि तथा अवासिय बिधालयहरुलाई बाकी बक्यौता रकम तिर्न आग्रह गर्दै गुणस्तरीय शिक्षामा जोड दिन उनले बताए। स्वागत तथा सम्मान कार्यक्रमको संचालन अशोक महतोले गर्नु भएको थियो।प्याबशनका प्रदेश अध्यक्ष मुरारी प्रसाद साहका अनुसार सरकारले सामुदायिक बिद्यालयलाई मात्र फोकस गर्ने गरेको छ्।निजि बिधालयलाई पनि सहयोग गर्ने सरकारको दाईत्व रहेको बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१