बलान बिहुल- २ मा पदभार ग्रहण , कार्यालय प्रवेश तथा बधाई कार्यक्रम

  • जेठ १९, २०७९
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान १९ , जेठ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर - २ मा नव - निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरुको पदभार ग्रहण , कार्यालय प्रवेश तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समाजसेवी तथा जेष्ठ नागरिक विश्वनाथ गोईतको सभापतित्वमा बुधबार भएको कार्यक्रममा वडा अध्यक्ष ईन्द्रदेव यादव लगायतका वडाका सम्पुर्ण नव- निर्वाचित पदाधिकारीहरुले बिधिबत रुपमा कार्यालय प्रवेश गरेका थिए । पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका गाउँपालिका अध्यक्ष खेमचन्द्र यदवले भने, 'आफ्नो कार्यकालमा गाउँपालिकाको जनतालाई कुनै किसिमको असुबिधा हुन नदिने बताए ।'

गाउँपालिकलाई थप ब्यवस्थित गरि मोडल र नमुना पालिका बनाउने चुनावी प्रतिबद्धता गरेका थियौं, भन्दै उनले भने किसानको कृषि उत्पादन बढाउनको लागि सिचाई फ्री , मेसिन ,औजार, मल ,खाद लगायतका सामग्री प्रदान गरि थप ब्यवस्थित गर्ने अध्यक्ष यादवले बताए । यता वडा अध्यक्ष ईन्द्रदेव यादवले भन्नुभयो , म जनताको सेवक भएर ५ बर्ष काम गर्ने छु , जनताको पीडा मेरो पिडा हुनेछ , आफुले गाउँपालिकाबाट पाउने तलब सुविधा जनताको सेवाका लागि खर्च गरिने प्रतिबद्धता गरे ।

जनमत पार्टीको गाउँ कमिटीका उपाध्यक्ष महेन्द्र यादव , नवीन कुमार झा लगायत, पत्रकार , समाजसेवी , बुद्धिजीवी , लगायतको उपस्थिति रहेको कार्यक्रम संचालक संतोष कुमार साहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१