Siraha Times
ताजा समाचार

बलान बिहुल- २ मा पदभार ग्रहण , कार्यालय प्रवेश तथा बधाई कार्यक्रम

  • जेठ १९, २०७९
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान १९ , जेठ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर - २ मा नव - निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरुको पदभार ग्रहण , कार्यालय प्रवेश तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समाजसेवी तथा जेष्ठ नागरिक विश्वनाथ गोईतको सभापतित्वमा बुधबार भएको कार्यक्रममा वडा अध्यक्ष ईन्द्रदेव यादव लगायतका वडाका सम्पुर्ण नव- निर्वाचित पदाधिकारीहरुले बिधिबत रुपमा कार्यालय प्रवेश गरेका थिए । पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका गाउँपालिका अध्यक्ष खेमचन्द्र यदवले भने, 'आफ्नो कार्यकालमा गाउँपालिकाको जनतालाई कुनै किसिमको असुबिधा हुन नदिने बताए ।'

गाउँपालिकलाई थप ब्यवस्थित गरि मोडल र नमुना पालिका बनाउने चुनावी प्रतिबद्धता गरेका थियौं, भन्दै उनले भने किसानको कृषि उत्पादन बढाउनको लागि सिचाई फ्री , मेसिन ,औजार, मल ,खाद लगायतका सामग्री प्रदान गरि थप ब्यवस्थित गर्ने अध्यक्ष यादवले बताए । यता वडा अध्यक्ष ईन्द्रदेव यादवले भन्नुभयो , म जनताको सेवक भएर ५ बर्ष काम गर्ने छु , जनताको पीडा मेरो पिडा हुनेछ , आफुले गाउँपालिकाबाट पाउने तलब सुविधा जनताको सेवाका लागि खर्च गरिने प्रतिबद्धता गरे ।

जनमत पार्टीको गाउँ कमिटीका उपाध्यक्ष महेन्द्र यादव , नवीन कुमार झा लगायत, पत्रकार , समाजसेवी , बुद्धिजीवी , लगायतको उपस्थिति रहेको कार्यक्रम संचालक संतोष कुमार साहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१