Siraha Times
ताजा समाचार

पर्यटकीयस्थलमा आकर्षक बढाउँन हात्तीदहमा सेल्फीब्रिज ः मेयर चौधरी

  • जेठ १९, २०७९
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान १९ जेठ । लहान १५ शोभापुरमा रहेको हात्तीदहमा सेल्फीब्रिज बनाउँन लहान नगरपालिका मेयर महेश चौधरीले घोषणा गर्नुभएका छन् । पर्यटकीय स्थलको रुपमा चर्चित रहेको हात्तीदहमा लोभ लाग्दो दृश्य निर्माण रहेको सो स्थलमा थप आकर्षक बनाउँन सेल्फीब्रिज निर्माण गरिने मेयर चौधरीले बताउँनुभयो । हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र लहान १५ शोभापुरले जेठ १८ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर चौधरीले लहानलाई चिनाउँने एउटा सुन्दरस्थल रहेकोले थप निर्माण कार्य गर्न लहान नगरपालिकाको दायित्व रहेको बताउँनुभयो ।

मेयर चौधरीले थप निर्माणको लागि मास्टरप्लान अनुरुप लहान नगरपालिका र प्रदेश तथा संघीय सरकारबाट बजेटको लागि सिफारिस गरिने बताउँनुभयो । सो कार्यक्रममा उपमेयर रामचरितर महतोले पर्यटकीय क्षेत्रलाई थप निर्माण गर्न गराउँन प्रदेश सरकारसँग समन्वय गर्ने बताउँनुभयो । कार्यक्रमका सभाध्यक्षता रुद्धनारायण चौधरीले गर्नुभएको सो कार्यक्रममा बलिराम चौधरी, दुर्गानन्द चौधरीलगायतले मन्तव्य तथा स्वागत सम्मान गरेका थिए । यसैगरी, आजै नगर प्रमुख ,उप–प्रमुख र लहानका सम्पुर्ण वडाका अध्यक्षहरुलाई लहान स्थित संचालनमा रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानले स्वागत तथा सम्मान गरेका छन् ।

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानका अध्यक्ष रामसुन्दर चौधरीका सभाध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रदेश सांसद लगन लाल चौधरीको प्रमुख आतिथ्य रहेको थियो । सोही क्याम्पसबाट अध्ययन गरेका मेयर महेशप्रसाद चौधरी राजनीतिमा यात्रा सुरु गरेका हुन् । ५० जना प्रध्यानापक कार्यरत रहेका यस क्याम्पसमा करिब ४ हजार गरिब दलित र निम्न बर्ग समुदायका, किसानको छोराछोरी अध्ययनरत रहेका क्याम्पस प्रमुख तुलसी राम पोखरेलले बताए ।

यसैगरी, सिरहाको लहानमा अव्यवस्थित रहेको ब्रम्हा कुमारी राज योगसेवा केन्द्रले स्वागत सम्मान एवं स्नेह मिलन कार्यक्रम गरी मेयर महेश चौधरी र उपमेयररामचरितर महतोलाई जनप्रतिनिधिलाई सम्मान गरेका छन् । राजयोग सेवा केन्द्र लहानका प्रमुख अर्चना दीदिले र बनिन बस्नेले फुल र मालाले स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१