Siraha Times
ताजा समाचार

लहान २१ मा कालोपत्रे सडकको शिलान्यास, स्थानीय हर्षित

  • मंसिर ११, २०७५
  • ११६३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ११ मंसिर । लहान नगरपालिका वडा नम्बर २१ मा कालोपत्रे सडक निर्माणको लागि शिलान्यास भएपछि स्थानीयवासी हर्षित भएका छन् । लहानदेखि झाझपट्टीसम्म सडक विस्तार भएको सो अन्तरगत लहान २१ को कलाबन्जर स्कूलदेखि माधोपुर र वडा कार्यालयसम्म ५ सय २७ मिटर सडक कालोपत्रे गर्ने तयारीमा जुटेको वडाध्यक्ष हेमन्त यादवले बताए । कालोपत्रेको शिलान्यास लहान नगर प्रमुख मुनि साहले मंसिर १० गते एक कार्यक्रमबीच काम प्रारम्भ गरेको छ । एमके कन्ट्रक्शन लहान ७ ले उक्त सडक कालोपत्रे गर्न टेन्डर लिएको छ भने १ करोड ५२ लाख ७२ हजार ७ सय ७ रुपैयाँमा निर्माण लागत रहेको छ । सो टेन्डर अन्तरगत ढल निकासी (नाला निर्माण) १२ सय २० मिटर रहेको छ । ३ वटा कलभर्ट निर्माण गर्नुपर्ने र आरसिसीड्रेनको काम समेत रहेको छ । एमके कन्ट्रक्शनका दिपक सतराका अनुसार चैत्र मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने हो तर, असारमै टेन्डर स्वीकृत भएपनि साइड क्लियर नभएको र शिलान्यासको काम ढिलो भएकोले समयमै सम्पन्न गर्न कठिन छ । लहान २१ मा कालोपत्रे सडक निर्माण हुन थालेपछि हर्षित हुँदै सन्तोष साहले भने बजारको काँखमै रहेको यो वडा दुर्गम अवस्थामा रहेको थियो । अब शहरसँग जोडिदा यहाँको कृषि व्यावसाय, रोजगारी , शिक्षा, स्वास्थ्य र सरसफाईमा सहज पहुँच हुने उनले बताए । लहान २१ मा पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्य समेत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१