ताजा समाचार

लहान २१ मा कालोपत्रे सडकको शिलान्यास, स्थानीय हर्षित

  • मंसिर ११, २०७५
  • १२०६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ११ मंसिर । लहान नगरपालिका वडा नम्बर २१ मा कालोपत्रे सडक निर्माणको लागि शिलान्यास भएपछि स्थानीयवासी हर्षित भएका छन् । लहानदेखि झाझपट्टीसम्म सडक विस्तार भएको सो अन्तरगत लहान २१ को कलाबन्जर स्कूलदेखि माधोपुर र वडा कार्यालयसम्म ५ सय २७ मिटर सडक कालोपत्रे गर्ने तयारीमा जुटेको वडाध्यक्ष हेमन्त यादवले बताए । कालोपत्रेको शिलान्यास लहान नगर प्रमुख मुनि साहले मंसिर १० गते एक कार्यक्रमबीच काम प्रारम्भ गरेको छ । एमके कन्ट्रक्शन लहान ७ ले उक्त सडक कालोपत्रे गर्न टेन्डर लिएको छ भने १ करोड ५२ लाख ७२ हजार ७ सय ७ रुपैयाँमा निर्माण लागत रहेको छ । सो टेन्डर अन्तरगत ढल निकासी (नाला निर्माण) १२ सय २० मिटर रहेको छ । ३ वटा कलभर्ट निर्माण गर्नुपर्ने र आरसिसीड्रेनको काम समेत रहेको छ । एमके कन्ट्रक्शनका दिपक सतराका अनुसार चैत्र मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने हो तर, असारमै टेन्डर स्वीकृत भएपनि साइड क्लियर नभएको र शिलान्यासको काम ढिलो भएकोले समयमै सम्पन्न गर्न कठिन छ । लहान २१ मा कालोपत्रे सडक निर्माण हुन थालेपछि हर्षित हुँदै सन्तोष साहले भने बजारको काँखमै रहेको यो वडा दुर्गम अवस्थामा रहेको थियो । अब शहरसँग जोडिदा यहाँको कृषि व्यावसाय, रोजगारी , शिक्षा, स्वास्थ्य र सरसफाईमा सहज पहुँच हुने उनले बताए । लहान २१ मा पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्य समेत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤