Siraha Times
ताजा समाचार

लहान ८ र २३ मा वडाध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरे

  • जेठ १४, २०७९
  • १००९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १४ जेठ । लहान नगरपालिका–८ र २३ मा नवनिर्वाचित वडाध्यक्षसहित सदस्यहरुले जेठ १३ गते पदभार ग्रहण गरेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित लहान ८ का वडाध्यक्ष श्याम साह (भोरभोरे) पदभार ग्रहण गर्दै ‘वडा कार्यालय घरघरमा’ भन्ने नारालाई सार्थकताका साथ मोबाइल एपमार्फत वडाको सूचना घरमै पुर्याउँने बताएका छन् । स्वास्थ्य बीमा, निशुल्क एम्बुलेन्स, विद्यालयमा नर्सको व्यवस्थापन, निशुल्क सेनेटरी प्याड, विशुद्ध खानेपानीको व्यवस्था, खेलकुद तथा व्यायमशालाको व्यवस्थापन आफ्नो कार्यकालमा गर्ने वडाध्यक्ष साहले बताए । शिक्षा रोजगारी, कृषक मजदुरको लागि विशेष कार्यक्रमसहित बजार व्यवस्थापनमा जोड दिने वडाध्यक्ष श्याम साहले बताए ।

लहान २३ गाढामा पदभार ग्रहण लहान २३ मा नवनिर्वाचित वडाध्यक्ष बद्रीनारायण यादवसहित सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् । सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेको लहान नगरपालिकाको उपमेयर रामचरित्र महतोले आफुलाई जिताएकोमा नगरवासीलाई धन्यवाद दिएका छन् । उनले भने ’जनताको पुर्ण विश्वासको साथ म जस्तो निम्न वर्गको किसान परिवारका छोराले उपमेयर पद पाएको छ । म विश्वास दिलाउन चाहन्छु कि आउने दिनमा जनताको पक्षमा सदैव उभिरहनेछु ।’

जनता समाजवादी पार्टी नेपालबाट नवनिर्वाचित बद्रीनारायण यादव(अमिन) ले पदभार ग्रहण पश्चात् वडाको सम्पुर्ण बिकासमा तदारुकताको साथ लाग्ने प्रतिबद्धता जनाएको छ । अध्यक्ष यादवले भने ’म केवल बोलेर हैन गरेर देखाउनेमा विश्वास गर्छु ।’ उनले जनताको म प्रतिको विश्वास डगमगाउन नदिने वाचा गरेका छन् । कार्यक्रममा जसपाका नगर अध्यक्ष तथा निर्वाचित वडा सदस्य दिनेश महतो, जसपाका केन्द्रिय सदस्य जागेश्वर यादव, विभिन्न पार्टीका नेताकार्यकर्ता, बिद्यार्थी, बुद्धिजीवी, किसान, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१