लहानका मेयर चौधरी प्रतिबद्धता पुरा गर्दै

  • जेठ १२, २०७९
  • १२९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १२ जेठ । सहीसत्य मार्ग अपनाएका व्यक्ति बोलेपछि पुरा पनि गर्छन् । आज लहानमा यस्तै जनताका छोरा मेयर महेश चौधरी आफ्ना प्रतिबद्धता पुरा गर्न गराउँन सक्रिय भएका छन् । मेयर चौधरीले एक दिन अगाडि मात्रै अत्तिविपन्नवर्गका मुसहर डोम परिवारलाई क्रियाखर्च दिने प्रतिबद्धता गरेका थिए । आज त्यो प्रतिबद्धताको शुरुवात गरेको छ । लहान १३ स्थित एक डोम परिवारलाई क्रियाखर्च ५ हजार दिएर आफ्नो प्रतिबद्धताको शुरुवात गरेको छ । योसँगै सिरहाको लहान नगरपालिकाले दैनिक ज्यालादारीमा भर्ती भएका ८१ जना कर्मचारी हटाएको छ ।

नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले विभिन्न नाममा कार्यकर्ता भर्ती गरेर नगरपालिकाको राजश्व दोहोन मात्रै गरेको भन्दै ज्यालादारी कर्मचारी हटाएको हो । ‘पूर्व मेयर मुनी साहको सुरक्षादेखि घरमासमेत काम गर्ने, मेयरको भाइको सुरक्षाको लागि भनेर खटाइएका, वडाहरुमा विभिन्न पद दिएर राखिएका ज्यालादारी कर्मचारी हटाएको हो । ज्यालादारी कर्मचारीको लागि नगरपालिकाबाट मासिक ३० लाखसम्म बजेट खर्च हुने गरेको थियो ।

यसैगरी, मंगलबार नगरपालिकामा बैंकर, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा एउटा बैँकलाई एउटा वडाको वृद्धभत्ता बाड्ने प्रक्रिया अगाडी बढाउन सहमति गरेको छ । पहिलो एउटै बैँकमा धेरै वडाको वृद्धभत्ता बाड्दा समस्या हुन्थ्यो । घण्टौँ सम्म वृद्धवृद्धालाई सडकमा बस्नु पर्ने झन्झट थियो । दोस्रो चरणमा वृद्धलाई कसरी घरमै भत्ता पुगाउँदा सहज हुने विषयमा फेरी छलफल गरेर निर्णय पुगिने मेयर चौधरीले सुनाए । अपाङ्ग, अशक्त, धेरै उमेर समुहका वृद्धवृद्धाहरुलाई घरमै जसरी पनि भत्ता पुगाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१