Siraha Times
ताजा समाचार

“सांसद यादव भन्छन्–चुनावमा गरेको प्रतिवद्धता पुरा गर्छु”

  • मंसिर ९, २०७५
  • ८४५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०९ मंसिर । चुनावको समयमा जनतासंग गरेको प्रतिवद्धता अक्षरस पुरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादबले बताएका छन् । मिर्चैया नगरपालिका बडा नं. ९ ढोढनाको चौधरी टोल स्थित आज (आइतबार) सामुदायिक भबनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले जनताले महसुस हुने गरी बिकास निर्माणका काममा लागि परेको दाबी गरेका छन् । 
उनले भने “यो क्षेत्र बिकासको नाममा सधै ठगिएको छ, यहाँ चुनाबको बेला ठुल–ठुला नेताहरु आएर आश्वासन बाँडेपनि कसैले केहि गरेन, तर तपाईहरुलाई बिश्बास दिलाउन चाहन्छु, कि म त्यस्तो गर्दिन, बिकास गरेर देखाउँछु ।” “यो कास्टिंग मात्र हो, फिल्म अहिले बाँकी छ” भन्ने प्रसंग जोडदै सांसद यादबले भने “बिकासको काम मात्र सुरुवात भएको छ, २०४८ साल पछिको विकास आफ्नो कार्यकालमा गर्छु, तपाईहरु ढुक्क हुनुस, जनताको माँग अनुसार काम गर्छु ।”  

 

स्थानिय भरत चौधरीले उपलब्ध गराएको एक कट्ठा जमिनमा भवन निर्माणका लागि सांसद यादबले संसदीय विकास कोषबाट १५ लाख रकम छुट्याएको छ भने वडाले ५ लाख रकम छुट्याएका छन् । कुल २० लाखको लागतमा निर्माण हुने ३ कोठे भवन उपभोक्ता समिति मार्फत ६ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको समेत सांसद यादबले बताए ।

 
जग्गादाता भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मिर्चैया ९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेल, ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, नरहा गाउँपालिका बडा नं. ३ का बडा अध्यक्ष अनिसुल अन्सारी लगायतका उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१